पेट्रोलियम पदार्थको मुल्यवृद्धि

प्रकाशित मिति:

काठमाडौं, फागुन ८ : नेपाल आयल निगम लिमिटेडले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली अनुरुप निगमले पेट्रोल, डिजेल र मट्टितेलमा तीन रुपैयाँ वृद्धि गरेको हो। गएराति १२ बजेदेखि नयाँ मूल्य लागू भएको निगमले जनाएको छ।

नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य १४५ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ कायम गरिएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ। अन्तर्राष्ट्रिय बजार मूल्य अनुरूप प्रति लिटर पेट्रोल ५.६१ रुपैयाँले बढेको, डिजेल ५.६२ रुपैयाँले बढेको र हवाई इन्धन ४.९५ रुपैयाँले बढेर आएको निगमले जनाएको छ। सोही अनुरुप निगमलाई १५ दिनमा करिब दुई अर्ब ४० करोड घाटा हुने अवस्था रहेका कारण मूल्य बढाउन बाध्य भएको निगमले जनाएको छ।

थप समाचार