एमसीसी सम्झौता अनुमोदन गर्ने वा नगर्ने केवल नेपालको निर्णय : अमेरिकी दूतावास

प्रकाशित मिति:

काठमाडौं, फागुन  : काठमाडौंस्थित अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौता गर्ने वा नगर्ने नेपालको निर्णय भएको बताएको छ। शनिबार एक विज्ञप्ति जारी गर्दै दूतावासले एमसीसी सम्झौता नेपाली नेताहरूले अनुमोदन गर्छन् या गर्दैनन् भन्ने निर्णय गर्ने अधिकार नेपालीको भएको बताएको हो।

‘नेपाली नेताहरूले एमसीसीको अनुमोदन गर्छन् या गर्दैनन् भन्ने निर्णय नेपालले गर्ने हो, एउटा सार्वभौम लोकतान्त्रिक मुलुकका रूपमा, र यो केवल नेपालको निर्णय हो, विज्ञप्तीमा भनिएको छ, नेपाल र अमेरिकाबीच ७५ वर्ष पुरानो सम्बन्ध रहेको छ। अमेरिकाले ५० करोड डलर बराबरको मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसी अनुदान अमेरिकी जनताका तर्फबाट नेपाललाई दिइएको उपहार हो। नेपाल र अमेरिकाबीचको यो साझेदारीले नेपालमा रोजगारी र पूर्वाधार विकासमा सहयोग पुग्ने र नेपालीहरूको जीवनस्तरमा सुधार हुने विज्ञप्तिमार्फत पनि दूतावासले जनाएको छ।

थप समाचार