एमसीसीको विपक्षमा मतदान गर्ने नेकपा को निर्णय

प्रकाशित मिति:

काठमाडौं । नेकपा ९एकीकृत समाजवादी०ले आइतबार संसद्मा पेश भएको अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० को विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।सोमबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनले भने, ‘हाम्रो पार्टीले संसदमा पेश भएको एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । पार्टी विपक्षमा उभिने वातावरण समेत बनाउन लाग्नेछ ।’एमसीसीकै कारण गठबन्धनको सम्बन्धमा भने भविष्यमा जे हुन्छ त्यहीँ निर्णय गरिने उनले बताए । उनले भने, ‘सरकारमा बस्ने र बाहिरिने कुरा समयले निर्धारण गर्छ ।’