टिभिएस माेटर्सकाे नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक जगदम्बा माेटर्सले बुटवल क्षेत्रमा रहने ईकाेनमि सेगमेन्टका (रेडियन र स्ट्राईकर) ग्राहकवर्गलाई मध्यनजर गरेर माईलेज टेस्टकाे कार्यक्रम सम्पन्न गरिएको जगदम्बा माेटर्सका क्षेत्रीय सर्भिस ईन्जिनियर चिरञ्जीवी चाैधरिले जानकारि दिए।
२ दिन सम्म चलेको फ्रि सर्भिस तथा चेकअप क्याम्पमा २९७ थान स्ट्राइकर तथा रेडियन बाईक चेकअपमा सहभागी भएका थिए। साथै सम्पुर्ण सहभागी मध्ये बाट धेरै माईलेज दिने ग्राहक बिच प्रतिस्पधा गराईएकाे थियाे। जसमा प्रतिस्पर्धा बाट ललित सुनारकाे स्ट्राइकर बाईक बाट ७१ माईलेज प्राप्त गरि प्रथम स्थान हासिल गर्नु भएकाे थियाे। साथै दाेस्राे हुन सफल जीवन ट्रेड सेन्टरका संचालककाे रेडियन बाट (६७ माईलेज) दाेस्राे स्थान हासिल गर्न सफल हुनु भएको थियाे। बुटवल टिभिएस सर्भिस सेन्टरमा पुराना रेडियन तथा स्ट्राइकर ग्राहकका लागि माईलेज टेस्ट, निशुल्क सर्भिसिङ्ग(लेवर चार्ज फ्रि), स्पेयर्समा १०% छुट, ल्युबमा १०% छुटकाे ब्यबस्था गरिएकाे थियाे।
आज एक कार्यक्रमका बिच पुरस्कार बितरण कार्यक्रम गरिएकाे थियाे। पुरस्कार वितरणमा कार्यक्रममा जगदम्बा माेटर्सका क्षेत्रीय बिक्रि प्रमुख धनिराम भुसालले मन्तव्य राख्नु भएकाे थियाे भने बालाजि अटाेमाेबाईल्सका संचालक तथा जगदम्बा माेटर्सका क्षेत्रीय सर्भिस ईन्जिनियर चिरञ्जीवी चाैधरिले एक साथ पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गर्नु भएकाे थियाे।












