काठमाठौं । प्रतिनिधिसभा बैठक फेरि एकपटक सूचना टाँसेर स्थगित भएको छ ।बिहीबार सूचना टाँसेर स्थगित भएको बैठक आज दिउँसो १ बजे बस्ने जनाइएको थियो । सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटाको कार्यालयमा गएर बैठक सार्न आग्रह गरेपछि संसद बैठक आइतबारसम्म स्थगित गरिएको हो ।
तर, विवादास्पद एमसीसी सम्झौता सैद्धान्तिक छलफलका लागि पेश गर्ने या नगर्ने विषयमा दलहरुबीच सहमति बन्न नसकेपछि सरकारले पुनः दुई दिनको समय माग गरेको हो ।अब अर्को बैठक फागुन १५ गते मात्र बस्ने भएको छ ।












