कम्यिुनिष्ट पर्टिहरुले जनतालाई उल्लु बनाउदै आएका छन : योगेन्द्र चौधरी

प्रकाशित मिति:

फागुन १४, भगवानपुर- नेपाली काग्रेस पार्टिका केन्द्रिय सदस्य योगेन्द्र चौधरीले कम्युनिष्ट पर्टिहरु रहदा सम्म जनताहरुको प्रगति हुन नसक्ने बताउनु भएको छ ।गरिवका पार्टिको नाममा जनतालाई उल्लु बनाउदै सत्ता हत्ताउने दाउमा सधै रहने कम्युनिष्ट पार्टिहरुले सधै नागरिकलाई दुख र गरिवी दिदै आएको बताउनु भएको छ ।शनिवार राप्ती गाउँपालिकाको भगवानपुरमा टोल कमिटि गठन तथा ८० जना बढिलाई नेपाली काग्रेस पार्टिको सदस्यता प्रदान गरि पार्टि प्रबेश गराउने कार्यक्रममा वहाँले यस्तो बताउनु भएको हो ।

केन्द्रिय सदस्य योगेन्द्र चौधरीले कम्युनिष्टहरूले आफ्नो सिद्धान्त भुलिसकेको बताउदैकम्युनिष्टहरुले नागिरकलाई गुमराहमा राख्न चाहेको र कम्युनिष्टहरू नागरिकलाई सुसुचित हुन नदिन अनावस्यक सदन बहिस्कार एवं आन्दोलन गरिरहेको बताउनु भएको छ ।केन्द्रिय कार्यसमितिको अभियान अन्तरगत राप्ती गाउँपालिकाको भगवानपुरमा बोल्दै अर्का केन्द्रिय सदस्य कृष्ण किशोर घिमिरेले सबैको साथले मात्रै काग्रेसले जित्ने बताउदै देश मर्यादित र ईमान्दारीताका साथ सन्चालनका लागि सदैव काग्रेसले जित्नु पर्ने बताउनु भएको छ ।केन्द्रिय सदस्य कृष्ण किशोर घिमिरेले काग्रेसले काम गरेर पनि नागरिकमा जानकारि दिन नजान्दा अरु पर्टिले फाईदा लिएको बताउनु भएको छ ।

नेपाली काग्रेस पार्टिको दाङ जिल्ला क्षेत्र नं १ अन्तरगत राप्ती गाउँपालिकाको वडा नं ६ भगवानपुर टोलमा टोल कमिटि गठन गरिएको छ ।
टोल कमिटि गठन संगै ८० जना बढिले नेपाली काग्रेस पार्टिको सदस्यता लिई पार्टि प्रबेश गनुभएको छ ।वडा नं ६ का सभापति विश्वम्भर चौधरीको अध्यक्षता, केन्द्रिय सदस्य योगेन्द्र चौधरीको प्रमुख आथित्यता तथा केन्द्रिय सदस्य कृष्ण किशोर घिमिरेको विशिष्ट आथित्यतामा भएको कार्यक्रममा धन बहादुर चौधरीको नेतृत्वमा १७ सदस्यीय टोल कमिटिगठन गरिएको छ ।लुम्विनी प्रदेश सदस्य देव नारायण चौधरी, महाधिबेसन प्रतिनिधि विलोचन चौधरी, महाधिबेसन प्रतिनिधि हरि भुसाल, लुम्विनी प्रदेश महाधिबेसन प्रतिनिधि बेद प्रसाद चौधरी, उमृत अधिकारी, जिल्ला सदस्य गोवर्धन रावत, पालिका सभापति विद्याशरण चौधरी, प्रजातान्त्रिक प्राध्यापक संघ क्षेत्र नं १ सभापति खोपेन्द्र ज्ञवाली, क्षेत्रिय सह सचिव गोविन्द वली, पुर्व महासमिति सदस्य दोर्ण भुसाल, निवर्तमान प्रदेश सभा क्षेत्र नं १ क सभापति तारा बहादुर डिसी,क्षेत्रिय सदस्य गणेश चौधरी, शम्साद अलि खा, प्रदेश सभा क्षेत्र नं १ क सचिव सुरज खडका, प्रदेश सभा क्षेत्र नं १ क सह सचिव भिम बहादुर चौधरी, उपसभापति स्यामा रावत डागि, पालिका सचिव तिर्थराज ज्ञवाली, संगठन विभाग संयोजक सुरेन्द्र भुसाल, पालिका सदस्य तारा कुमारी चौधरी, ईन्द्रा देवी नेपाली, धर्म उप्रेति, दिपक सुवेदि, क्षेत्रिय प्रतिनिधि तथा कार्यपालिका सदस्य सन्जीव छिनाल, क्षेत्रिय प्रतिनिधि कुमार अधिकारी, रिषी राम शर्मा, राजु परियार, लगायतको सहभागितामा भगवानपुर टोल कमिटि गठन तथा पार्टि सदस्यता वितरण गरिएको हो ।
कार्यक्रमको सन्चालन प्रदेश सभा क्षेत्र नं १ क सह सचिव भिम बहादुर चौधरीले गर्नु भएको थियो ।

नेपाली काग्रेस पार्टिको वडा नं ६ अन्तरगत भगवानपुर टोल कमिटिमा सभापति धन बहादुर चौधरी सर्वसम्मत चयन हुनु भएको छ ,उप सभापतिमा अविनास चौधरी,सचिवमा भुवन चौधरी, कोषाध्यक्षमा निशा कुमारी चौधरी र सदस्यहरुमा कृष्णा चौधरी,निमा चौधरी,अमिर चौधरी, रमेश चौधरी, राजित चौधरी, ममता चौधरी,विना चौधरी, सिर्जना चौधरी,शेर अली, सागर परियार, प्रमेन्द्र नेपाली, विमला चौधरी र अस्मीना खातुन चयन हुनु भएको छ । नेपाली काग्रेस पार्टिको विधान अनुसार टोल कार्यसमितिको काम, कर्तव्य र अधिकारमा आफ्नो क्षेत्रभित्रका सदस्यहरुको विवरण राख्ने मतदाताहरुको विवरण राख्ने, अद्यावधिक गर्ने, मतदाता नामावलीमा नाम थपघट गर्ने, सबै तहका निर्वाचनको समयमा पार्टीको प्रचार प्रसार, निर्वाचन तथा मतदानसंग सम्बन्धित आवश्यक व्यवस्थापन गर्ने र निर्वाचनको समग्र मूल्याङ्कन र समीक्षा गर्ने तथा माथिल्लो निकायमा प्रतिवेदन पठाउने काम तोकिएको छ । साथै टोल कमिटिले आफ्नो क्षेत्रभित्रका मतदातासंग निरन्तर सम्पर्क र सम्वाद गर्ने तथा आवश्यकतानुसार सहयोग पु¥याउने, समय–समयमा नागरिक हितसंग सम्बन्धित कार्यक्रमहरु सञ्चालन गर्ने र पार्टी हितमा अन्य कार्य गर्ने गराउने जिम्मेवारी पर्दछ ।

थप समाचार