एमसिसी हाललाई स्थगन गरौं : लिङ्देन

प्रकाशित मिति:

काठमाडौं, फागुन १५ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले एमसिसी हाललाई स्थगन गरेर नयाँ ढंगले छलफल थाल्नुपर्ने बताएका छन्।प्रतिनिधि सभामा जारी एमसिसीमाथिको सैद्धान्तिक छलफलमा सहभागी भएर उनले एमसिसी केवल आर्थिक सहायताको विषय मात्र नभएको बताए।उनले अहिले नेपाली जनता एमसिसीकै कारणले विभाजित भएको अवस्था रहेको उल्लेख गर्दै सबैको सहमतिमा त्यसलाई पारित गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए।

सडकमा जनता आन्दोलनरत रहेका बेला, प्रमुख दल एमाले नाराजुलुसमा रहेका बेला, पुरै देशको ध्यान केन्द्रित भएको भएको बेला, काँडेतार लगाएर कडा सुरक्षाका साथ जनतालाई छेकेर एमसिसी पारित गर्न हतारिन नहुने उनको भनाइ थियो।उनले यथास्थितिमा यसलाई पारित गर्न नहुने जबर्जस्त िगरेर पारित गरे देश थप द्वन्द्वतिर धकेलिने उनले बताए।संसदले गर्ने सबै ठकि हुँदैनन् भन्ने उदाहरण महाकाली सन्धि भएको उल्लेख गदैृ उनले नाराबाजीका बीचमा गरिने एमसिसी पारित गरिनु उचित नहुने तर्क गरे।

‘एमसिसीको दफादफामा छलफल हुने वातावरण बनाउनुपर्छ,’ उनले भने, ‘यसका बारेमा एकएक गरेर जनतालाई बुझाउनुपर्छ।’ एमसिसीका माध्यमले पैसा मात्र नभएर अरू धेरै चजि आउने भन्ने चर्चा चलेकाले जनतालाई आश्वस्त पार्नु जरुरी रहेको उनको भनाइ थियो। होहल्लाका बीचमा केवल प्राविधिक प्रक्रिया पुर्याएर एमसिसीलाई नटुंग्याउन उनले आग्रह गरे।

 

थप समाचार