एकीकृत समाजवादीको पत्रकार सम्मेलन दिउँसो २ बजे

प्रकाशित मिति:

नेकपा एकीकृत समाजवादीले समसामयिक विषयमा पत्रकार सम्मेलन गर्दैछ । मंगलबार दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने भएको हो ।समाजवादीका केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अर्पण बैंकेट, थापागाउँमा पत्रकार सम्मेलन हुन लागेको हो ।

समसामयिक विषयमा जानकारी गराउन पत्रकार सम्मेलन हुन लागेको खतिवडाले बताए । पत्रकार सम्मेलनमा उपस्थित हुन सञ्चारकर्मीलाई अनुरोध गरिएको छ ।अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कार्पोरेशन ९एमसीसी० पारित भएपछि पहिलो पटक एकीकृत समाजवादीले पत्रकार सम्मेलन गर्न लागेको हो ।
एमसीसी पारित भएपछि माओवादी केन्द्रले सोमबार पत्रकार सम्मेलन गरेको थियो । एमाले र एकीकृत समाजवादीले आज पत्रकार सम्मेलन गर्न लागेका हुन् । एमालेले दिउँसो १ बजे तीनकुनेस्थित रोयल ब्यांकेटमा पत्रकार सम्मेलन गर्दैछ ।