बर्दघाटको मेलामा आज २० हजार दर्शकले गरे अवलोकन

प्रकाशित मिति:

प्रकाश न्यौपाने
फाल्गुन १७ गते
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा जारी पांचौ बर्दघाट कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलाको पांचौं दिन आज करिव २० हजार दर्शकले अवलोकन गर्नु भएको मेला आयोजक समितिका संयोजक लेखनाथ न्यौपानेले जानकारी दिनु भयो । उहाका अनुसार -“आज मेलामा बर्दघाट जेसिजले महाशिवरात्रीलाइ मध्यनजर गरी मेलाभित्रै प्रसाद बितरण गरेको छ ।”

मेलाको मुख्य आकर्षण रहेको सांस्कृतिक कार्यक्रममा आज मंगलबार चर्चित लोक दोहोरी गायक चन्द्र शर्मा र गायिका टिका सानु, शिलु भट्टराई, बर्षा श्रेष्ठ र रबिना बस्यालको विशेष प्रस्तुतिमा रहेको उधोग बाणिज्य संघका महासचिव दिनेश न्यौपानेले जानकारी दिनु भयो । कला, संस्कृति, उद्योग र व्यापार समृद्ध बर्दघाटको बलियो आधार’ नारासहित बर्दघाट उद्योग बाणिज्य संघको आयोजनामा बर्दघाट नगरपालिका–४ बर्दघाट मण्डपमा जारी मेलामा आज बर्दघाट डान्स आइडलका प्रतियोगीले नृत्यमार्फत मनोरन्जन दिलाउने छन् भने टिकटक प्रतियोगिता पनि जारी रहेको सास्कृतिक सयोजक खुमाकन्त बस्यालले बताउनु भयो  ।

स्वदेशी र विदेशी गरी २ सय बढी स्टल रहेको मेलामा जिल्लाका पर्यटकीय स्थलहरु प्रचार तथा मगर, थारु, नेवारलगायत जातिका परम्परागत घर र खानाका परिकारहरू,विभिन्न थरिका बाल उद्यान, पिङ आदि पनि आकर्षणको रुपमा रहेका छन् । फागुन २५ गतेसम्म चल्ने व्यापार मेलामा दुई लाख दर्शकले अवलोकन गर्ने र तीन करोड रुपैयाँको कारोबार हुने लक्ष्य राखिएको छ ।