प्रकाश न्यौपाने, फाल्गुन १९ गते –नवलपरासी । नवलपरासीको बर्दघाटमा बर्दघाट उधोग बाणिज्य संघद्रारा आयोजित बर्दघाट कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलामा आज चर्चित लोक दोहोरी गायक पशुपति शर्मा र गायिका पूर्णकला बीसीको प्रस्तुतिमा दर्शकहरु रमाउनु भएको छ ।
मेलाको मुख्य आकर्षण रहेको सांस्कृतिक कार्यक्रममा आज बिहीबार मंगलबार चर्चित कलाकार पशुपति र पूर्णकलासंगै गायक नरहरी प्रेमी,योगराज पोखरले,रामजी थापाको प्रस्तुति रहेको सास्कृतिक संयोजक खुमाकान्त बस्यालले जानकारी दिनु भयो ।आज बिहिवारको मेलामा करिव २२ हजार दर्शकले अवलोकन गर्दा ५५ लाखको कारोबार भएको उधोग बाणिज्य संघका महासचिव दिनेश न्यौपानेले बताउनु भयो ।यस्तै बर्दघाट डान्स आइडल प्रतियोगिता, सेल्फी स्पटहरुमा टिकटक प्रतियोगिता पनि रहने अध्यक्ष लेखनाथ न्यौपानेले बताउनु भयो ।












