कांग्रेस नेता दिपेन्द्र क्षेत्री द्धारा विभिन्न ठांउमा ६० हजार रुपैया हस्तान्तरण

प्रकाशित मिति:

काठमाडौ । नेपाली कांग्रेसका युवा नेता तथा नेविसंघ स्याङ्जा काठमाडौ सम्पर्क समीतीका सभापती दिपेन्द्र क्षेत्रीले विभिन्न ठांउमा गएर अप्ठेरामा परेकाका लागी आवश्यक सहयोग गर्दै आउनु भएको छ । कोरोनाको महामारी फैलीएका वेलापनी गृह जिल्लाका स्वास्थ्य चौकीहरुमा सहयोग गर्नु भएको थियो भने जिल्लाका विभिन्न कल्वहरुमा खेलकुदका सामाग्रीहरु वितरण पनी गर्नु भएको छ । नेविसंघ स्याङ्जा काठमाडौ सम्पर्क समीतीको तर्फ वाट विभिन्न व्यक्तीहरुसंग लिएको सहयोग रकमलाई व्लड क्यान्सर बिरामी स्याङ्जा जिल्ला चापाकोट नगरपालिका–०७, साखरका तरूण नेता राजु पोख्रेल टाईसनका पुजनीय बुबा दीर्घनारायण पोख्रेल लाई २५ हजार हस्तान्तरण गर्नु भएको छ ।

त्यस्तै स्याङ्जा जिल्ला चापाकोट नगरपालिका–५ घर भई हाल भरतपुर महानगरपालिका –१५ अस्थायी रूपमा बसोबास गर्दै आएको ३१ बर्षका धन बहादुर रानाको पाचनग्रन्थिमा समस्या भएको र त्यससँगै २ ओटै मिर्गौलाले काम गर्न नसकेको अस्थामा रहनु भएका विरामीका लागी २५ हजार रुपैयाँ हस्तान्तरण गर्नु भएको छ । त्यस्तै पशुपति स्थित उमाकुण्ड आश्रम भजनमण्डली लाई १० हजार प्रदान गर्नु भएको छ । हस्तान्तरण कार्यक्रममा सभापती ई. दिपेन्द्र क्षेत्री, उप–सभापति हरू सन्देश खाँड, सरोज पौडेल , सचिव अमृत वोस्ती , सदस्य युवा नेता ज्ञानु न्यौपाने , कालिगण्डकी तरूण नेता शंकर न्यौपाने लगायतको उपस्थीती रहेको थियो । समितिका सभापति ई.दिपेन्द्र क्षेत्रीले यो अभियानमा आर्थिक सहयोग गर्नुहुने सम्पुर्ण मा हार्दिक आभार प्रकट गर्दै सम्पुर्णको उज्जवल भविष्यको कामना गर्नुभएको छ ।