बुटवल । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा नेपाली कांग्रेस बुटवल नगर समितिले चुनाव प्रचार प्रसार सुरु गरेको छ । अगामी बैशाख ३० गते सरकारले निर्वाचनको मिति घोषणा गरेपछि कांग्रेसले तयारी सुरु गरेको हो । कांग्रेस बुटवले प्रचार प्रसारको लागि वडा वडामा निर्वाचन प्रचार प्रसार कार्यालयको स्थापना गर्न सुरु गरेको छ । आज बुटवल वडा नं ११ देविनगरमा स्थानीय निर्वाचन प्रचार प्रसार कार्यालयको आज नेपाली कांग्रेस रुपन्देही सभापति रामकृष्ण खाँणले उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै उँहाले स्थानीय तहको निर्वाचनको लागि कांग्रेसले चुनावी प्रचार प्रसार सुरु गरेको जानकारी दिनुभयो ।
कांग्रेसले गरेका काम तथा विकास निर्माणको बारेमा जनतालाई बुझाउन आवश्यकता रहेकोमा खाँणले जोड दिनुभयो । नेपाली कांग्रेस बुटवल उपमहानगरपालिकाका सभापति खेलराज पाण्डेयले कांग्रेसका कार्यकर्ता सधैं जनताको सुख दुखको साथी बन्नु पर्ने बताउनु भयो ।महामानव विपि कोईरालाले प्रतिपादन गरेको समाजबादको शिद्धान्त अनुसार साधारण जीवनमा रहेर जनताको घर घरमा पुगेर सुख दुःखमा साथ दिनको लागि उँहाले आग्रह गर्नुभयो ।सभापति पाण्डेयले बताउँदै जनताको नजिकको सरकार स्थानीय तह भएकाले वडा वडामा नेपाली कांग्रेसको जित भएमा जनताले सजिलो गरी सेवा पाउने दाबी गर्नुभयो । नेपाली कांग्रेस बुटवल वडा नं। ११ का सभापति जित बहादुर मल्लले विभिन्न पार्टीहरु परित्याग गरी २५ जना नेपाल कांग्रेसमा प्रवेश गरेको जानकारी दिनुभयो । चुनावी प्रचार प्रसार तथा कार्यकर्ता भेटघाटको लागि कार्यलयको स्थापना गरिएको उँहाले बताउनु भयो ।












