भैरहवा/ तिलोत्तमा चक्रपथको शिलान्यास गरिएको छ । नगरपालिकामा निर्माण भैरहेको चक्रपथको शनिबार गृहमन्त्री बालकृष्ण खाँणले शिलान्यास गरेका हुन् ।मन्त्री खाँणले चक्रपथको दिगो स्ट्रक्चर निर्माणसहित यो क्षेत्रको विकासमा कन्जुस्याइँ नगरिने बताए । चक्रपथ निर्माण कार्यमा आफूले सरकारको तर्फबाट बजेटको कमि हुन नदिने उनले प्रतिवद्धता जनाए । ‘चक्रपथ निर्माण समयमै सक्नुपर्छ, बजेटकै कारण काममा ढिलाइ हुँदैन’, उनले भने ।

निर्माणका क्रममा कुनै समाग्रीको कमि भएमा वा सामाग्री चहिए वा अवायश्क परेको खण्डमा आफूलाई तुरुन्त खबर गर्न समेत उनेले आग्रह गरे ।तिलोत्तमा चक्रपथ निर्माणको काम तीब्र छ, यो महात्वकांक्षी योजना निर्माण पछि देशभरका स्थानीय तह मध्ये तिलोत्तमा नगरपालिका चक्रपथ निर्माण गर्ने पहिलो स्थानीय तह हुने छ । यो चक्रपथमा तिलोत्तमा नगरपालिका, सियारी गाउँपालिका, ओमसतिया गाउँपालिका, बुटवल उपमहानगरनगरपालिका, देवदह नगरपालिका, रोहिणी गाउँपालिकाको मध्यभागमा पर्छ ।
गृहमन्त्री खाँणले यस चक्रपथ सम्पन्न गर्न बजेट लागि नेपाल सरकारबाट मात्र नभई वैदेशिक दातृ निकायसंग सहयोगको लागि पहल गर्ने बताए । खाँणले चक्रपथ यस क्षेत्रको समृद्धिको आधारसमेत भएको बताए । ‘यसले जिल्लाका सबैजसो पर्यटकीय क्षेत्रलाई जोड्ने भएकाले पर्यटन विकासमा ठुलो योगदान पुग्नेछ’, उनले भने ।यो सडक निर्माण पछि बुद्ध जन्मस्थल लुम्बिनी पुग्न निकै सहज हुनेछ । गृहमन्त्री खाँणले पहलमा यो सडकका लागि पहिलो चरणमा ६ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।












