रसुवा-उत्तरगया गाउँपालिका वडा नम्बर १ तिरुमा निर्माणाधिन एकिकृत बस्तीको निर्माणको काम धमाधम भईरहेको छ।रसुवाबाट प्रतिनिधिसभामा निर्वाचित सासंद एवं काँग्रेस केन्द्रिय सदस्य ईन्जिनियर मोहन आचार्य, प्रदेशसभा सदस्य प्रेम तामाङ लगायतको सहयोगमा पूर्वाधार सहित तिरु एकिकृत बस्ती निर्माणको काम अगाडि बढीरहेको उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले जानकारी दिनुभयो ।
अहिले एकिकृत बस्तीमा गुम्बा, खानेपानी योजना निर्माण र विस्तापित परिवारको निजि आवास निर्माणको काम धमाधम भईरहेको छ।२०७२ सालको भुकम्पले तिरुमा नराम्रो क्षेति गरेको थियो। आफ्ना भवनहरु भुकम्पले भत्किए पछि तिरु बासीहरु विस्थापित जिवन विताई रहेका थिए।
सासंद एवं काँग्रेस केन्द्रिय सदस्य आचार्यकै पहलमा तिरुमा एकिकृत वस्ति निर्माणको प्रकृया अगाडी बढेको थियो।गाउँपालिकाको सहयोग र समन्वयमा निर्माण भईरहेको एकिकृत बस्तीको निर्माण सम्पन्न गर्न आफुहरु लागिपर्ने गाँउपालिका अध्यक्ष उपेन्द्र लम्सालले बताउनु भयो ।












