फाल्गुन २५ गते
नवलपरासी ।
बर्दघाट नगरपालिका वडा नम्बर ९ मा रहेको पञ्चनगर महिला कल्याण कृषि सहकारी संस्थाले सोमबार एक कार्यक्रमको आयोजना गरी कृषकहरुकालागि बिभिन्न प्रकारका कृषि यन्त्रहरु बितरण गरेको छ । संस्थाकि अध्यक्ष लोमा खनाल वाग्लेको अध्यक्षता एवम् लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कृषक हरुलाई बिभिन्न प्रकारका ९५ थान आधुनिक कृषि उपकरणहरु बितरण गरिएको छ ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीले परम्परागत रुपमा निर्वाहमुखि खेति प्रणलिबाट हुने उब्जाउले कृषकहरुलाई नै अपुग हुने हुदा कृषि क्षेत्रलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनु भयो । अधिकारीले कृषकले उच्चतम रुपमा यान्त्रिकीकरण प्रयोग गरी उब्जाउ बढाउनुका साथै व्यवसायिक कृषि खेती गरी आर्थिक उपार्जनमा लाग्नुपर्ने धारण व्यक्त गर्नुभएको थियो । सहकारीले किसानका हितमा गरेको यस्तो किसिमको काम प्रसंसनिय रहेको उहाँले बताउनुभयो ।

सहकारिकी अध्यक्ष लोमा खनाल वाग्लेले कृृषकहरुको हितकालागी उनिहरुलाई कृषिमा आत्मनिर्भर बनाई थोरै लागतमा धेरै उत्पादन गरौँ भन्न्ो उदेश्य अनुरुप कृषि यन्त्रहरु बितरण गरिएको बताउनुभयो । कृषि ज्ञान केन्द्रको २५ लाख र सहकारीको २५ लाख गरी ५० लाख बजेट मार्फत उपकरण खरिद गरिएको जानकारी दिनुभयो । जसमा ४४ थान पम्पसेट,१५ थान मिनी टेलर(हाते ट्याक्टर),८ थान गहुँ काट्ने रेपर,२५ थान स्पे्र ट्याङकी,२ थान पानि तान्ने मोटर र एक थान चापाकटर कृषकहरुलाई हस्तान्तरण गरिएको अध्यक्ष वाग्लेले जानकारी दिनुभयो । निशुल्क रुपमा उपकरण प्राप्त गरेपछि कृषकहरु समेत निकै उत्साहित र हर्षित देखिएका थिए । कार्यक्रममा बर्दघाट कृषि शाखाका जे.टि. ए. खुमाकान्त न्यौपाने,कृषि ज्ञानकेन्द्रका प्रतिनिधी,सहकारीका सेयर सदस्यहरु लगायतको उपस्थिती रहेको थियो । संस्थाकी सदस्य शुशिला पराजुली षौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन अनिता पौडेलले गर्नु भएको थियो ।













