कांग्रेस सैनामैना वडा न.८ मा महिला परिचालन समिति गठन

प्रकाशित मिति:

सुरेश परियार,फाल्गुन २४ गते- आगामी स्थानीय तहलाई लक्षित गर्दै नेपाली कांग्रेस निकट नेपाल महिला संघले वडास्तरमा महिला परिचालन समिति गठन प्रक्रियालाई अघि बढाएको छ ।पालिकामा हुने निर्वाचनमा कांग्रेसको बर्चश्व कायम गर्न संघले परिचालन समिति गठनलाई तिव्रता दिएको हो ।

यसैक्रममा नेपाली कांग्रेस सैनामैना वडा न.८को आयोजनामा भएको एक भेलाले आज वडास्तरीय महिला परिचालन समिति गठन गरेको छ ।भेलाले पुष्पा भट्टाराईको अध्यक्षतामा ५५ सदस्यीय परिचालन समिति बनाएको हो । नवसमितिको उपसभापतिमा सुमित्रा चौधरी र आशा सुनार,सचिबमा विष्णु न्यौपाने,यशोदा भण्डारी,सह सचिबमा उषा कंडेल,कोषाध्यक्षमा रमा पाण्डे र बाँकी सदस्यमा रहेका छन् ।

कार्यक्रम नेपाली कांग्रेस सैनामैना वडा न.८का वडा सभापति महोदत्त ढकालको अध्यक्षता,नेपाली कांग्रेस जिल्ला पुर्व उपसभापति फणिन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्ययता,महाधिवेशन प्रतिनिधि शारदा गौतम,लक्ष्मी चौधरी,कांग्रेस सैनामैना नगर सभापति रण बहादुर खनालको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको प्रदेश प्रतिनिधी मुक्त बहादुर थापाले जानकारी दिए । कार्यक्रममा महिला संघ परिचालन समिति संयोजक सीता पोखरेल,कांग्रेस नगर सदस्य सुशीला शर्मा लगायतले बोलेका थिए । सैनामैना वडा न.८मा रहेको सतचिन्तनमा भएको कार्यक्रममा एक हजार भन्दा बढिको सहभागिता रहेको थियो ।