रामबारीमा भलिबल प्रतियोगिता सम्पन्न

प्रकाशित मिति:

बिहानी युवा क्लब सत्यवती–१, अस्लेवा, रामबारीले आयोजना गरेको साबिक वडास्तरीय भलिबल प्रतियोगितामा नव प्रतिभा प्रतिष्ठान केन्द्र सिङ्दी प्रथम भएको छ। जम्मा १४ टिमको सहभागिता रहेको प्रतियोगितामा वाइआरके समूहलाई सोझो सेटमा पराजित गर्दै नव प्रतिभा प्रतिष्ठान केन्द्र सिङ्दीले प्रथम स्थान हासिल गरेको हो । प्रतियोगितामा वाइआरके समूह चेहेमीले द्वितीय, फ्रेन्डसिप युवा क्लब थुम्काले तृतीय र आयोजक बिहानी युवा क्लबले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

प्रतियोगितामा प्रथम हुनेले नगद रु. तीस हजार, द्वितीय हुनेले रु. बीस हजार, तृतीय हुनेले रु. दश हजार र सान्त्वना हुनेले रु. पाँच हजारसहित मेडल, प्रमाणपत्र र शिल्ड प्राप्त गरेका छन् ।श्री रामबारी आधारभूत विद्यालयको खेलमैदानमा भएको भलिबल प्रतियोगितामा बेष्ट प्लेयर दिपेन्द्र सिँजाली, बेस्ट लिफ्टर गगन तरामु, बेस्ट ब्लकरमा निशान राहादी पुरस्कृत भएको कुरा खेल संयोजक कृष्णप्रसाद पाण्डेले बताउनुभयो ।

क्लबका अध्यक्ष हुमनाथ पाण्डेको अध्यक्षता, सत्यवती गाउँपालिकाका सामाजिक विकास संयोजक तथा वडा नं. १ का वडा अध्यक्ष भीमलाल पाण्डेको प्रमुख आतिथ्यता, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय तम्घासका प्रमुख भरत सापकोटा, सिनियर सब इन्जिनियर सन्तोष पौड्याल, श्री रामबारी आधारभूत विद्यालयका वि.व्य.स.अध्यक्ष तथा पूर्व प्रअ हिमलाल पाण्डे, प्रअ रामप्रसाद पाण्डे, अगुवा कृषक अर्जुन कनौजे तथा ओम कुँवर, समाजसेवी गुणदेव कुँवर, बोमनाथ पाण्डे, रामबारी आमा समूहकी अध्यक्ष जयन्ती पाण्डे, छविलाल पाण्डे, अर्जुन प्रसाद पाण्डे, विष्णु प्रसाद पाण्डे, यमलाल पाण्डे, अर्जुन सोनी, रामबारी टोल संयोजक केशवराज पाण्डे लगायतको आतिथ्यतामा सम्पन्न भएको थियो । प्रतियोगितामा दिपेन्द्र श्रेष्ठ र मौसम कुँवरले एम्पाएरको भूमिका निर्वाह गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पुरुषोत्तम पाण्डेय, वासुदेव पाण्डे र केशव पाण्डेले संयक्त रूपमा गर्नुभएको थियो ।