तिलोत्तमा–९ का वडा अध्यक्ष न्यौपाने सम्मानित- तिलोत्तमाको १७ वटै वडा जित्ने दावी

प्रकाशित मिति:

बुटवल,२८ फागुन । तिलोत्तमा नगरपालिका वडा नंं ९ का अध्यक्ष नारायण न्यौपानेलाई नेपाली कांग्रेस तिलोत्तमा–१७ वडा समितिले सम्मान गरेको छ । न्यौपानेले संघीय सरकारसंग पहल गरी वडा नं १७ को बीपी ग्राममा १५ शैयांको सरकारी अस्पताल बनाउन १८ करोड र पर्सहवा–बीपीग्राम सडक पीच बनाउन एक करोड वजेट विनियोजन गराउन सफल भएको भन्दै वडा समितिले शनिबार कदरपत्र र दोसल्ला ओडाएर सम्मान गरेको हो ।

नेपाली कांग्रेस तिलोत्तमा–१७ वडा कार्यालय उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं पुर्व राज्यमन्त्री अब्दुल रज्जाकले वडा अध्यक्ष न्यौपानेलाई सम्मान गरेका हुन् । सो अवसरमा बोल्दै पुर्व राज्यमन्त्री रज्जाक,तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे,देवदह नगरपालिकाका मेयर हिरा केसीले पार्टीभित्रका मतभेद बिर्सेर एक ढिक्का भई निर्वाचनमा होमिन निर्देशन दिए । तिलोत्तमा–९ का वडा अध्यक्ष न्यौपानेले तिलोत्तमाका मेयर बासुदेव घिमिरेले संघीय सरकारबाट प्राप्त ४ करोड वजेट मेयरको लगानी रहेको तिलोत्तमा होम्सलाई लक्षित गरी त्यहांको सडकमा हालेको बताए । उनले राजमार्गमा बत्ती बालेर मात्र विकास नहुने बताए । तिलोत्तमा १७ का अध्यक्ष दानबहादुर चौधरीले नगरपालिकाको नेतृत्वले कांग्रेसले जितेका वडामा वजेट दिंदा विभेद गरेको बताए । कार्यक्रममा एमालेका बुद्धि चौधरी सहित ५० जना बढी कांग्रेसमा प्रवेश गरेका थिए । कार्यक्रम वडा सभापति सन्तबहादुर बस्नेतको सभापतित्वमा सम्पन्न भएको थियोे ।

थप समाचार