चिसापानी अस्पतालमा कार्यरत डाक्टर मृत फेला

प्रकाशित मिति:

प्रकाश न्यौपाने
फाल्गुन २९ गते
नवलपरासी ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं २ मा रहेको चिसापानी अस्पतालमा कार्यरत डा.दिपेन्द्र प्रताप सिंह मृत अवस्थामा भेटिनु भएको छ ।

अस्पतालमा नाईट ड्यूटी गरेर आफ्नै कोठामा सुतेका डाक्टर दिउसो सम्म नउठेपछि दिउसो करिब २ बजेको समयमा मृत अवस्थामा भेटिएका थिए । ३७ बर्षिय मृत डाक्टर रामग्राम नगरपालिका वडा ३, नवलपरासी पश्चिम निवासी हुनुहुन्थ्यो । उहाको मृत्युलाई लिएर बर्दघाट नगरपालिकाले भोलि ३० गते शोक बिदा दिने निर्णय गरेको छ ।