स्याङ्जा । मिर्मिरे युवा क्लव र्मिर्मीकोे आयोजनामा भएको भलीवल प्रतियोगीता एक समाहरोहका विच सम्पन्न भएको छ । नेपाली कांग्रेसका लोकप्रीय युवा नेता माननीय भागवत प्रकाश मल्लको प्रमुख आथित्यतामा भएको कार्यक्रममा स्थानिय तहका प्रमुख खीम थापा , उपप्रमुख सावित्री कोईराला , नेविसंघका महामन्त्री युवराज पाण्डेय लागायतको उपस्थीती रहेको थियो ।

क्लवका अध्यक्ष छविकिरण भटराईको अध्यक्षता, गौरव पाण्डेयको सन्चालन तथा नारायण भटराईको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । भलीबल प्रतियोगीतमा कारिकोट स्पोर्स क्लव प्रथम भएको थियो भने ईलुन्गा दोश्र्रो भएको थियो । समापन कार्यक्रमलाई सम्वोधन गर्दै माननीय सांसद भागवत प्रकाश मल्लले कालीगण्डकीको विकासका लागी आफु निरन्तर लागेको वताउनु भएको थियो । उहांले कुनैपनी ठांउलाई पक्षपात नगरी समान तरीकाले विकास गर्न आफु प्रतिवद्ध भएको वताउनु भयो उहाले भन्नु भयो बजेट विनियोजन गर्दा काग्रेसले जितेको वडा होस वा एमालेले जितेको वडा होस समान तरीकाले वजेट विनियोजन गरीएको छ ।












