सुरेश परियार,चैत्र ५ गते-सैनामैना वडा न.३ बस्ने एक युवकको रहस्मय तरिकाले मृत्यु भएको छ ।शुक्रबार होली मान्न मुर्गिया चोकमा गएका २० वर्षिय सुशान्त परियारको रहस्यमय मृत्यु भएको परिवारले बताएको छ । होली विशेष कार्यक्रममा सहभागी हुन पुगेका परियार साँझ करिब ६ बजे मृत अवस्थामा कार्यक्रम स्टेज नजिक फेला परेका हुन ।फेला परे संगै तत्काल स्थानीयले प्रहरीलाई खवर गरेका थिए । घटनाको प्रकृति हेर्दा परियारको नाँक र घाँटीमा चोट लागेको छ ।सुशान्तको कतै हत्यापछि मृत्यु भएको त होइन भन्ने आशंका उत्पन्न भएको छ ।
घटनाको प्रारम्भिक अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी नायव निरिक्षक नवराज पोख्रेलले जानकारी दिए । घटनाबारे बास्तविकता पोष्टमार्टमको रिर्पोटपछि खुल्ने बताउँदै प्रहरी नायव निरिक्षक पोख्रेलले अनुसन्धानमै लागेको र अहिलै नै भन्ने अवस्था नरहेको उल्लेख गरे । होली पर्व भड्किलो बन्दा अकालमै धेरैले ज्यान गुमाउनु परेको छ ।होली लगायत अन्य पर्वलाई ब्यवस्थित र मर्यादित बनाउने मुख्य दायित्व प्रहरीको हो तर अलि संवेदनशिल नबन्दा यि यस्ता घटना दोहोरिदै जाने गर्दछन् ।












