कपिलबस्तु महोत्सवमा थारु पहिरनको रौनक

प्रकाशित मिति:

चैत्र ५ कपिलबस्तु । चैत्र ३ गते देखि संचालित कपिलबस्तु महोत्सवमा दैनिक आकर्षणको केन्द्र थारु पहिचान झल्कीने थारु स्टल रहेको छ । बाणगंगा  नगरपालिकाको बुद्ध रंगशालामा चैत्र ३ गते देखि चैत्र १३ गते सम्म संचालित १२ औँ कपिलवस्तु महोत्सव, कृषि, पर्यटन एवम् औद्योगिक प्रदर्शनी मुख्य अकार्षणको रुपमा थारु पहिचान झल्कीने स्टलले अहिले दर्शकहरुको घुईचो लाग्ने गरेको देखिन्छ । थारु समुदायको विभिन्न पुराना गरगहना, लेगंह, ढकिया, मौनी लगायत थारु पहिचान झल्कीने समाग्रीले अहिले दर्शकहरुलाई अकर्षित गरेको छ । महोत्सव हेर्न आएको दर्शकहरुले थारु पहिरन देखेर रमाउने गरेको र विक्रि पनि राम्रो भएको असमा थारुले बताउँनुभयो । उहाँहरुले आफूहरु चन्द्रौट देखि आफ्नो थारु समुदायको पहिचान झल्कीने सामाग्रीहरु लिएर आएको जानकारी दिनुयभो ।