सुरेश परियार,/आसन्न स्थानीय तहको निर्वाचनका लागि रुपन्देहीमा म्यादी प्रहरी भर्ना प्रक्रिया आज देखि अगाडि बढेको छ । यहाँका २ सय ८ वटा निर्वाचन बुथ,६ सय १० मतदान केन्द्रमा खटाउन चैत ६ देखि ११ गतेसम्म अवधि दिएर दरखास्त आह्वान गरिएको छ ।
आइतबार देखि नै म्यादीमा भर्ना प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।जिल्लामा २३ सय ६० जना म्यादी प्रहरी भर्ना लिइने उपरिक्षक रेग्मीको भनाई छ । सेना र प्रहरीबाट रिटायर्ड भइसकेका प्राथामिकतामा राखिने उनले सुनाए ।
५४ वर्ष ननाघेकालाई छनोटका मापदण्ड समेत निर्धारण गरिएको छ ।म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन् । त्यसका लागि नेपाल प्रहरी जवान सरह मासिक रु.३० हजार २ सय ४० पारिश्रमिक निर्धारण गरिएको छ ।अर्को साताबाट उनीहरुको आधारभूत तालिम सुरु गरिने प्रहरी उपरिक्षक रेग्मीले बताए । स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले म्यादी प्रहरीका लागी भर्ना खुलाएको हो ।












