कञ्चन/रुपन्देहीको कञ्चन गाउपालिका लागु औषध दुरुपोगको ट्रान्जिट पोइन्ट बनिरहेको बेला कञ्चनबाटै आइतवार फेरी २ जना युवा ब्राउन सुगर सहित पक्राउ परेका छन। पछिल्लो पटक प्रहरीको आक्रमक सरक्षा गस्ती बढेसंगै लागु औषध सेवनकर्ता र बेच बिखनमा संलग्न ब्यक्तिहरु पक्राउ पर्न थालेका हुन।
ईलाका प्रहरी कार्यालय रुद्रपुरले दिएको जानकारी अनुसार गोप्य सूचनाको आधारमा कञ्चन ४ स्थित कञ्चन टोलबाट करिब २ ग्राम ब्राउन सुगर जस्तो देखिने कालो रंगको अबैध लागु औषध सहित दुई जना ब्यक्तिहरु पक्राउ परेका हुन। पक्राउ पर्नेहरुमा रुपन्देही जिल्ला कञ्चन गाउपालिका वडा नं। ४ कञ्चन टोल बस्ने बर्ष ३४ का एकेश्वर पुन र सोही स्थान प्रगतीचोक बस्ने बर्ष ३२ का टीकाराम थापा रहेको इलाका प्रहरी कार्यालय रुद्रपुले जनाएको छ।
गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यलय रुद्रपुरका प्रहरी निरीक्षक राजाराम यादवको नेतृत्वमा गएको सुरक्षा गस्तीले एकेशवर पुनको घरबाट १ ग्राम ८ सय ९० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने कालो रंग अबैध औषध सहित ती दुई युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका दुईजना र अबैध लागु औषधबारे थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय सालझण्डीमा पठाइएको ईलाका प्रहरी कार्यालय रुद्रपुरले जनाएको छ। नियन्त्रणमा लिएका ब्यक्तिीहरुबाट एक थान खुकुरी र १४ हजार ३ सय रुपैया नगद सेमत बरामद गरिएको इलाका प्रहरी कार्यालय रुद्रपुले जनाएको छ।












