म्याग्दीको रमणीय स्थानमा छायांकन गरिएको पन्चेबाजा गीत “जाउला भागिले दर्शकको मन जित्दै

प्रकाशित मिति:

सुदिप गौतम। बुटवल -हिमाली जिल्लासुरु हुने जिल्ला म्याग्दीको पर्यटकीय क्षेत्रमा निकै सुन्दर तरिकाले छायांकन गरिएको पन्चेबाजाको कोसेली “जाउला भागि “बिस्तारै दर्शक श्रोताको मन जित्दै गईरहेको छ। पन्चेबाजामा आधारित उक्त गीत बजारमा आएको हो। पछिल्लो समय सामाजिक संजाल टिकटकमा निकै भाईरल भएको भाईरल रोड भनेर चिनिने उक्त स्थानमा गीतको छायांकन गरिएको छ।

उक्त गीतमा रमेश बिक्रम रत्न र लक्ष्मी परियारले स्वर दिएका छन भने शब्द संगीत पनि रमेश आफैले गरेका छन। उक्त गीतमा रमेश बिक्रम, निशा क्षेत्रि ,मनिषा सुनार र भरत खत्रीले अभिनय गरेका छन। भिडियोको छायांकन र सम्पादन निर्देशक दिपक परियारले गरेका हुन। भिडियोलाई आकर्षक तरिकाले ड्रोंन बाट कृष्ण जी पौडेलले सघाएका छन। गीतको निर्देशन पनि स्वयम् रमेशले नै गरेका छन गीतको सफलताको शुभकामना