युवा र गरिव लक्षीत आर्थिक नीति ल्याउनु पर्छ : हिमालदत्त श्रेष्ठ

प्रकाशित मिति:

बुटवल । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पार्टी सभापति सेरबहादुर देउवाले अहिले सम्म पार्टीमा सेरबहादुर देउवा जिन्दावाद भन्नेहरुलाई मात्रै न्याय गरेको भन्दै अब बाँकी रहेको डेढ बर्षे कार्यकाल कांग्रेस जिन्दावाद र जय नेपाल भन्ने नेता कार्यकर्ताहरुलाई न्याय गर्न सहभागिहरुले सुझाव दिएका छन् । महासमिति बैठकमा प्रस्तुत राजनीतिक,सांगठनिक तथा आर्थिक प्रतिवेदनमाथि धारणा राख्दै नेबिसंघका नेता समेत रहेका हिमालदत्त श्रेष्ठले त्यस्तो सुझाव दिनु भएको हो । उहाँले आगामि कुनै एक निर्वाचनमा वडा तह देखि केन्द्रसम्म अन्य कुनै पनि दलसँग सहकार्य नगरी एकल रुपमा जानुपर्ने सुझाव समेत दिनु भयो ।  पार्टी निकटका भातृ तथा सुभेच्छुक संगठनहरुलाई चलायमान बनाउन स्थायी रुपमा निर्वाचन समितिको ब्यवस्था गरेर अधिवेशनहरुलाई अध्यावधिक गर्नुपर्ने बताउदै उहाँले पार्टीमा १४ जना पदाधिकारीको ब्यवस्था गर्नुपर्नेमा जोड दिनु भयो ।

एक सभापति, ३ उपसभापति,३ महामन्त्री,१ कोषाध्यक्ष,७ सहमहामन्त्रीको ब्यवस्था गर्न र मनोनित १ उपसभापतिलाई प्रशिक्षक प्रतिष्ठानको जिम्मेवारी दिन उपयुक्त हुने बताउदै विद्यार्थी नेता श्रेष्ठले मनोनित महामन्त्रीले सचिवालयको व्यवस्थापनमात्रै हेर्नुपर्ने विचार ब्यक्त गर्नु भयो । आर्थिक प्रतिवेदनमाथि आफ्नो धारणा राख्दै श्रेष्ठले कांग्रेसमा युवा र गरिवलाई आकर्षित गर्ने कार्यक्रम नरहेको भन्दै युवा र गरिव लक्षीत आर्थिक नीति ल्याउनुपर्नेमा जोड दिनु भयो । बिहिबारको महासमिति बैठकमा गुल्मीका पुर्व पार्टी सभापति त्रैलोक्यप्रताप सेन,दोलखाका पुर्व सभापति तारा कोइराला,कपिलवस्तुका सुधाकर पाण्डे,नवलपरासीका देवचरण कलवार लगायत २६ जना महासमित सदस्यहरुले आ आफ्नो धारणा राख्नु भएको थियो ।