बुटवल /टिभिएस मोटर्सको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक जगदम्बा मोटर्स प्रालि र बुटवलका लागि आधिकारिक बिक्रेता बालाजि अटोमोबाईल्सको संयुक्त आयोजनामा बुटवल कालिका चलचित्र मन्दिर चाैराहामा हिजो देखि सचालनमा आएको छ। जनघनत्वको आवश्यकतालाई मध्यनजर गरेर लगाउन लागिएको टिभिएस ग्रान्ड मेलामा प्रत्येक टिभिएस खरिद कर्ताले एक्सचेञ्ज गर्दा रु १०००० बजार मुल्यांकन भन्दा बढि भेलुएसन पाउन सक्ने छन भने नगद खरिदमा रु १० हजार सम्म नगद छुट र ईजि र शून्य ब्याजदरमा समेत फाईनान्सको ब्यबस्था रहेको छ। साथै प्रत्येक खरिदकर्ता लाई हेलमेट, लेगगार्ड, बडि कभर तथा रेनकोट प्रदान गरिएको कम्पनिका क्षेत्रीय बिक्रि प्रबन्धक धनिराम भुसालले जानकारि दिए।
ग्रान्ड एक्सचेञ्जको पहिलो दिन १६ थान मोटरसाईकल तथ स्कुटर बिक्री भएको भुसालले जानकारी दिए। आज शनिबार पनि मेला बन्द नहुने र मेला १६ गते सम्म निरन्तर चलिरहने सोरुम म्यानेजर सुन्दर अर्यालले जानकारि दिए।ग्राहकको उच्च चापलाई मध्यनजर गरेर शनिबार बिहान ७स्४५ बाट मेला सुचारु गरिने अर्यालले जानकारी दिए।
मेलामा मुख्य आकर्षकको रुपमा भर्खर लन्च भएको रेडर १२५ सिसि मोटरसाईकल परेको थियो।












