परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता

प्रकाशित मिति:

काठमाडौँ– परराष्ट्रमन्त्री डा। नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता सुरु भएको छ ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूबीच भेटवार्ता सुरु भएको हो ।भेटपछि आजै मन्त्रीद्वयसहित दुवै पक्षको बैठक बस्दैछ । बैठकमा नेपाल र चीनको दुई पक्षीय हितका साथै अन्य विषयहरूमा छलफल हुनेछ । बैठकमा दुई देशबीच केही सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने पनि जनाइएको छ ।

चिनियाँ विदेशमन्त्री यी नेपालको तीनदिने भ्रमणका लागि शुक्रबार काठमाडौँ आएका हुन् ।यी आइतबार दिउँसो स्वदेश फर्किने कार्यक्रम छ ।

थप समाचार