प्रकाश न्यौपाने
चैत्र १२
नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका आज एक कार्यक्रमका बिच बालमैत्री नगर घाेषणा भएकाे छ ।
रामग्राम नगरपालिकालाई शनिवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले बालमैत्री नगर घोषणा गर्नु भएको हो । बाल मैत्री घाेषणा समारोहलाई सम्बाेधन गदै केसीले बिपत व्यवस्थापन पूर्व तयारि सुरूवात गरिसकेकाे बताउनु भयो । उहाले जनतालाई बर्षेनि बिपतबाट जाेगाउन प्रदेश सरकारले लागि परेकाे बताउदै प्रदेश सरकारले जनताका आधारभुत बिषयलाई प्राथमिक दिइएको बताउनु भयो । राजनितिक दलका फरक एजेन्डा भए पनि बिकास र सुसासनमा सबै एक भएर लाग्नु पर्ने उहाको जोड छ । संबिधान निर्माण,संबिधान जारी र लिपुलेक नक्सा जारी जस्ता भएको दलहरुको एकता उदाहरणिय भएको बताए । मुख्यमन्त्री केसीले महेशपुर भन्सारको कार्यन्वयन हुनु आबश्यक रहेकोमा जोड दिदै संघियताको स्वरुपलाई कार्यन्वयन गर्नुको बिकल्प नभएको बताउनु भयो । रामग्राम नगरपालिकाको साबिक १३ वडा र अलग—अलग भूगोल र पृष्ट भूमिका रहेका ५ वटा गाउँ बिकास समितिहरु मिलेर २०७३ सालमा १८ वडा सहित बनेको रामग्राम नगरपालिकालाई सात वर्षको प्रयास पछि शनिवार बालमैत्री स्थानीय शासन नगर घोषणा गरिएको हो । बालमैत्री स्थानीय शासन राष्ट्रीय रणनिति २०६८ बम्मोजिमकार्य प्रकृया थालनी गरी बालमैत्री स्थानीय शासन कार्यन्वयन निर्देशिका २०७८ अनुसार सम्पूर्ण चरण पार गरि बालमैत्री स्थानीय शासन नगर घोषणा गरिएको हो । सरकारले निधारण गरेको ५१ सूचकमा ३८ वटा सूचकमा सत प्रतिसत,६ वटा सूचकमा ९५ प्रतिसत,१ वटा सूचकमा ९० प्रतिसत र बाँकी ६ सूचकमा ८० प्रतिसत नतिजा ल्याएको घोषणा कार्यक्रममा नगरप्रमुख नगेन्द्र कुमार गुप्ताले बताउनु भयो । बालमैत्री नगर घोषणालाई दिगोपन दिन ५ वर्षे रणनैतिक योजना समेत बनाएको छ । रामग्राम नगरपालिकाका कुल ११ हजार ३७ घरधुरी १३ हजार ८१ परिवार रहेका छन भने ६४ हजार १ सय ५० जनसख्या र १८ वर्ष मुनिका बालवालिका २० हजार ८ सय २६ रहेका छन । नगरप्रमुख नगेन्द्र कुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा गुप्ताले बालमैत्री नगर घोषणाको प्रतिबेदन प्रस्तुत गर्नु भएको छ। नगरपालिकामा बिद्धालय र टाेलगरी १०२ बालक्लब रहेकाे छ जसमा वडास्तरीय १८ जना बालक्लब र नगरस्तरीय बालसंजाल १ वटा रहेकाे नगरशिक्षा अधिकारी रेग्मीले जानकारी दिए ।१८ बर्ष मुनिका बालबालिकाकाे संख्या कुल नगरपालिकामा २० हजार ८ सय २६ रहेकाे छ । रामग्राम नगरपालिकामा १८ वटा वडाहरू रहेकाे छ ।

जिल्ला यस अघि नै सुनवल नगरपालिका बाल मैत्री घोषणा भैसकेकोले रामग्राम नगरपालिका जिल्लाको दोस्रो बालमैत्री नगर घोषणा भएको हाे । कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्ब भैतिक पूर्बाधार बिकास मन्त्री बैजनाथ चौधरीले रामग्राम नगरपालिकाले बालमैत्री नगर घोषणा गर्नु चुनाैती भएको बताउदै बर्तमान प्रदेश सरकारले पश्चिम नवलपरासीका धेरै बिकासको योजनाको बजेट कटौती गरेको बताउनु भयो । प्रदेश सभासद बैजनाथ कलवार, पूर्ब राज्यमन्त्री घनश्याम यादब ,सबिधान सभाका सदस्य बिक्रम खनाल, दुलारी हरीजन , जिसस प्रमुख शिब शंकर प्रसाद राय , प्रजिअ श्रवण कुमार पोखरेललगायतले शुभकामना मन्तव्य राख्नु भएको छ ।













