निर्वाचन मण्डल र लोकतान्त्रिक गठबंधन प्यानलको मनपरी ,अझै घोषणा गर्न सकेनन् उपाध्यक्ष! भयो बिजय र्यालि
बुटवल : बुटवल उपमहानगरको आगामी स्थानीय तहको चुनावको मत सर्वेक्षणका रुपमा हेरिएको सबैभन्दा धेरै मतदाता भएको वडा नम्बर ११को एक विद्युत सहकारीको चुनावमा नेपाली कांग्रेस निकट उम्मेदवारको उपाध्यक्ष बाहेक विजयी भएका थिए ।
करिब १५ सय घरधुरी सदस्य रहेको सहकारीको चुनावमा १०३२ मत खसेकोमा थियो । कांग्रेसका मल्लले ५१४ मत ल्याएर विजयी हुँदा एमालेका कुँवरले ४७१ मत प्राप्त गरेका थिए भने उपाध्यक्षमा दुबै प्यानलका उम्मेदवारले समान ४८२ मत ल्याए । सचिवमा मल्ल प्यानलकै गोपाल केसी ४८३ मतसहित विजयी हुँदा एमालेका घनश्याम पाण्डेले ४७८ मत पाए थिए ।तर दुई दिन हुदा सम्म पनि प्रगतिनगर सामुदायिक विद्युत सहकारीको उपाध्यक्ष पद मा समान ४८२ मत ल्याएकालाई निर्वाचन मण्डल ले अझै के गर्ने भन्ने घोषणा गरेको छैन ।
निर्वाचन मण्डलका मौन बसिरहेको छ उता भने लोकतान्त्रिक गठबंधन प्यानले आफ्नो प्यानलका उपाध्यक्ष सहित बिजय र्यालि मनाइरहेको छ ।प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्थाको दोस्रो अधिवेशनमा नेकपा एमाले निकट उम्मेदवारले उपाध्यक्ष र सचिव पदमा पुर्ण एकपटक मतदान गणना हुनुपर्ने भन्दै निवेदन दिएपनि ४८ घण्टासम्म निर्वाचन मण्डलले कुनै पनि प्रतिक्रिया नदिएको उम्मेदवार बताउँछन् ।उनले निर्वाचन मण्डलले आनाकानी गरे निर्वाचन मण्डल र गठबन्धन लोकतान्त्रिक गठबन्धन गरेको लापरबाही विरुद्ध अदालतमा जाने बताए ।
करिब १५ सय घरधुरी सदस्य रहेको सहकारीको चुनावमा १०३२ मत खसेकोमा थियो । कति धेरै सदस्यहरुले मतदान गर्न नपाएको र तत्कालीन अध्यक्ष ले आफू पुनः अध्यक्ष हुनको लागि सम्पूर्ण शेयर सदस्यकाे नयाँ शेयर काड बनाएको र आफ्ना निकट मान्छेको सम्पूर्ण काडहरु वितरण गरेको र आफूलाई मतदान नगर्नको काडहरु लुकाएको र केही शेयर मतदान गर्न आउँदा खेरी पनि मतदान काड च्यातेको र लेखा संयोजक राजेश बुढाथोकीको प्रगतिनगर कुनैपनि घर घडेरि नरहेको तर कमला पुन भन्ने आफन्तिको शेर सदस्य निजलाई थाहा नै नदिइ आफ्नो नाममा बनाएर उम्मेदवार बनेका राजेश बुढाथोकि निर्बाचित कसरि भए जसको नाममा शेर सदस्य छ उ मतदान गर्न जादा शेर सदस्य कार्ड च्यातिदएको एक एमाले उम्मेदवार बताउछन ।
उनिले सामुदायिक बिद्युत सहकारीको बिधानले उम्मेदवार बन्न निजको नाममा शेर सदस्य हुनुपर्ने ब्याबस्था गरेको छ ।निर्बाचन मन्डलमा उम्मेदवार मनोनयन दर्ता पछि निज उपर दाबि बिरोध गर्न जादा निर्बाचन मन्डलले ब्यवस्था गरेको थियो ।आफ्ना निकट लोकतान्त्रिक गठबन्धनका मान्छे भित्री सेटिङि मिलायर आफ्नै कार्यालयमा भर्ती गरेको र कर्मचारिलाई मतपत्र रुजु गर्ने ठाउमा राखि फर्जि मत राखेको र सम्पूर्ण स्वयंसेवक पनि पनि आफ्नै निकट मान्छे हरु राखेको बताए ।यता त्यस निर्वाचनको दिन लोकतान्त्रिक गठबन्धन का कर्मचारी र स्वयंसेवकहरुले मतदान गर्न आउने मतदाताहरूको काड च्यातेको भिडियो सामाजिक सञ्जालमा अहिले निकै भाइरल भएको छ ।











