एफईसी धनकोष सहकारीको क्यालेन्डर विमोचन

प्रकाशित मिति:

तिलोत्तमा, १७ चैत । एफईसी धनकोष वचत तथा ऋृण सहकारी संस्था मंगलापुरले बिहीबार क्यालेण्डर विमोचन गरेको छ । संस्थाका अध्यक्ष तथा सल्लाहकारद्वारा संयुक्त रूपमा २०७९ सालको सहकारी क्यालेण्डर विमोचन गरिएको हो । संस्थाका संचालक समिति पदाधिकारी तथा कर्मचारीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सहकारीका अध्यक्ष तारानाथ कंडेलले समयमा क्यालेण्डर तयार गर्न सहयोग गर्ने संस्थाका सम्पूर्ण पदाधिकारी, कर्मचारी तथा विज्ञापन दिने सदस्यहरूलाई धन्यवाद व्यक्त गरेका थिए । त्यस अवसरमा उनले सहकारीका भावी योजनाबारे पनि जानकारी गराएका थिए ।