भवानी मावि वैघामा नेविसंघको ईकाई समीती गठन ।

प्रकाशित मिति:

स्याङ्जा । कालीगण्डकी गांउपालीका वडा नं ३ मा रहेको भवानी मावि वैघामा नेपाल विद्यार्थि संघको ईकाई समीती गठन भएको छ । नयां कार्यसमीती गठन संगै नेपाल विद्यार्थि संघ कालीगण्डकी गाउंपालीकाले आयोजना गरेको प्रशीक्षण कार्यक्रममा प्रदेश प्रतिनीधी अमृत पाण्डेय ,कालीगण्डकी नेविसंघका सभापती रेश्मीराज न्यौपानेले विद्यार्थिलाई प्रशिक्षण दिनु भएको थियो ।

सिता थापाको सभापतीत्वमा १९ सदस्सीय नयां कार्यसमीती गठन भएको छ जसको उपाध्यक्षमा बर्षा आले ,गोविन फौजा ,सचीव महीमा थापा,सहसचीव दल वहादुर घर्ति ,सुजता सुनार ,कोषाध्यक्ष लिजा आले ,सदस्यहरुमा आयुष थापा ,आयुष दलार्मी ,प्रशान्त आले ,बिमल दमाई ,अमीन राना ,भिम वहादुर बुढा मगर ,विवेक राना ,साईना गाहा ,रितु राना ,ममता आले,यमुना थापा ,सुजता सुनार र सुमीना थापा रहनु भएको छ ।