बुटवल । नेकपा ( एकीकृत समाजवादी) बुटवल उपमहानगरपालिका वडा नं. १ को शनिबार जितगढीमा सम्पन्न वडा भेलाले सुशील कुमार भुजको नेतृत्वमा २१ सदस्यीय वडा कमिटी गठन गरेको छ ।समितिको उपाध्यक्षमा धनु श्रेष्ठ, सचिवमा मदन सिंजाली, सह– सचिवमा जावेद अन्सारी, कोषाध्यक्षमा सायदा खातुन र सदस्यहरुमा राजु वरण, संगीता कानु, सेरुन निशा, ससिया खातुन, रेशमा खातुन, राजु विक, कन्हैया कानु, सम्साद अली, रामचन्द्र थापा, केशव मगर, रमेश विक, मनोज सुनार, आजाद शाह, सुनिल वरुण, हाजिरी खातुनलगायत चयन भएका छन् ।
भेलालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेकपा ( एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज डा. बालकृष्ण चापागाईंले यात्रा समाजवादको गन्तव्य समृद्धिको नारालाई सार्थक बनाउनु पर्नेमा जोड दिदै आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन आवश्यक भएको बताए ।मुलुकको विकासका लागि महत्वपूर्ण एजेण्डा एकीकृत समाजवादीसंग भएको चर्चा गर्दै उनले बुटवलको जितगढी एकीकृत समाजवादीको किल्ला भएको बताए ।
त्यस्तै गरी कार्यक्रममा विशिष्ट अतिथि एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष राजु गुरुङ्गले बुटवल नगरपालिकाभित्र भएका भ्रष्ट्राचारहरुको भण्डाफोर गरे ।
जगत क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य जुद्ध बहादुर केसी, पार्टी रुपन्देही सह– सचिव सरिता श्रीस, पार्टी प्रदेश कमिटी सदस्य कमल भण्डारी, पार्टी बुटवल नगर कमिटी अध्यक्ष चिन बहादुर गुरुङ्ग, पार्टी बुटवल नगर कमिटी उपाध्यक्ष रुक्मागत घिमिरे, जिल्ला कमिटी सदस्य सुनिल शाक्यलगायतले शुभकामना मन्तव्य दिएका थिए ।












