वडा स्तरीय युवा क्लब बुटवल वडा-११ क्लबद्वारा मास्क वितरण कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

वडा स्तरीय युवा क्लब बुटवल उपमहानगरपालिका वडा न ११ द्वारा मास्क वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

युवा क्लब वडा नं ११ को अध्यक्ष मधुसूदन नेपालको अध्यक्षता तथा वडा-११का अध्यक्ष रामचन्द्र खनालको को प्रमुख आथित्यतामा रुपन्देहीको  बुटवल उपमहानगर वडा न ११ (देविनगर देखि होराइजन चोक ) मा आज दुई हजार पिस मास्क बितरण गरीएको क्लबका उपाध्यक्ष पर्विन न्यौपानेले जानकारी दिनु भएको छ ।


कार्यक्रममा नेपाल स्काउट लुम्बिनी प्रदेशले दुई हजार पिस माक्स सहयोग गरि कार्यक्रम समापन गर्न गर्नु भएको योगदानको कदर गर्दै अध्यक्ष नेपालले धन्यवाद व्यक्त गर्नु भएको थियो । बिशिस्ट अतिथि नेपाल स्काउट लुम्बिनी प्रदेशका संयोजक दिननाथ भट्टराई, समाजसेवी साथै युवा नेता राजेन्द्र ढकालले मन्तव्य दिदै कोभिड १९ संक्रमणको समयमा मास्क बितरण कार्य एक दमै सहानिय कार्य भएको भन्दै आगामी दिनमा यस्ता कार्यक्रमलाइ निरन्तता दिन समेत आग्रह गर्नु भएको थियो । कोभिड १९ अझै पनि हाम्रो समुदाय स्तरमा रहेकोले यस्तो कार्यक्रमले रोगको नियन्त्रण तथा रोकथाम गर्नेमा हौसला प्रदान गर्नुका साथै समाजमा सकरात्मक चेतना पुग्ने बिश्वास गरीएको थियो । माक्स बितरण कार्यक्रममा क्लबको ११ सदस्यको उपस्थितिमा कार्यक्रम संचालक क्लबका सन्देश भट्टराईले गर्नु भएको थियो ।