शुभेच्छुक संस्थाको परिचयात्मक तथा भेटघाट कार्यक्रम

प्रकाशित मिति:

चैत्र २०, सिसहनिया (देउखुरी दाङ) नेपाल निजामति कर्मचारी युनियन राप्तीको आयोजनामा शनिवार राप्ती गाउँपालिकाको वडा नं ५ अन्तरगत धार्मिक एवं पर्यटकीय स्थल खौराहामा परिचयात्मक तथा भेटघाट कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाल निजामति कर्मचारी युनियन राप्तीका अध्यक्ष मंगल प्रसाद चौधरीको अधयक्षता तथा क्षेत्रिय सभापति भेषराज पाण्डेको प्रमुख आथित्यतामा भएको कार्यक्रममा नेपाल निजामति कर्मचारी युनियनको गत अधिशेशनमा निर्वाचित केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्षलाई बधाई दिईएको छ ।

नेपाल निजामति कर्मचारी युनियन केन्द्रिय सदस्य निर्वाचित बामदेव खनाल, सरस्वती रेग्मी, जिल्ला अध्यक्ष श्रीधर अधिकारी, महाधिबेशन प्रतिनिधि मोहन जिसी, नेल्टाका जिल्ला अध्यक्ष मोहन केसी, पालिका सभापति विद्याशरण चौधरी लगायतलाई बधाई ज्ञापन गरिएको छ ।
नेपाल निजामति कर्मचारी युनियन राप्तीका सदस्य मान बहादुर जिसीको स्वागत बाट सुरु गरिएको कार्यक्रममा पालिका अध्यक्ष नुमानन्द सुवेदि, सचिव बासुदेव खनाल लगायतकाले युनियनले खेल्ने भुमिका बारे ब्यख्या गर्नु भएको थियो । पालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, शिक्षक संघ राप्तीका अध्यक्ष मंगल प्रसाद चौधरी, पुर्व अध्यक्ष शुर्य प्रकाश भण्डारी,शिक्षक महासंघ राप्तीका अध्यक्ष कुल राज जैसी, पालिका सचिव तिर्थराज ज्ञवाली, सदस्य बसन्त अधिकारी लगायतको कार्यक्रममा सहभागिता रहेको थियो । तिर्थराज ज्ञवाली
सचिव – नेपाली काग्रेस राप्ती गाउँपालिका, दाङ