ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

प्रकाशित मिति:

सर्लाही– सर्लाहीको लालबन्दी नगरपालिकास्थित कालिञ्जोर पुल छेउमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।आज पूर्वपश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिका–१७ स्थित कालिञ्जोर पुलमा ना। २९ प २४३७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना। ५ ख ८४८५ नम्वरको ट्रकले ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालक लालबन्दी नगरपालिका–२ का २५ वर्षीय चन्दु पासवानको मृत्यु इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको हो ।ट्रकको ठक्करबाट गम्भीर घाइते भएका पासवानलाई तत्काल लालबन्दीस्थित मोडेल अस्पताल पुर्‍याइएको थियो ।लालबन्दीमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि जनकपुर लैजाँदै गर्दा पासवानको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । लालबन्दीमा नपाएपछि रानीगञ्जस्थित पम्पबाट मोटरसाइकलमा पेट्रोल हालेर फर्कंदै गर्दा पासवान सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिएको हो ।मृतक पासवानको शव परीक्षण पश्चात आफन्तको जिम्मा लगाइएको छ । दुर्घटनामा संलग्न ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

थप समाचार