नन्दु परियार र सुनिता बुढाको आवाजमा रहेको गीत “सम्झी कति रुने हजुर” बजारमा

प्रकाशित मिति:

सुदिप गौतम। बुटवल –प्रतिभासाली कलाकार नन्दु परियार र सुनिता बुढा क्षेत्रिको आवाजमा रहेको गीत “सम्झीकति रुनी हजुर “गित बजारमा आएको छ। स्वाभिमान क्रियसन प्रा लि मार्फत गीत बजारमा आएको हो। गीत सार्बजनिक भएपछी गीतले राम्रो प्रतिक्रिया पाईरहेको छ। अनिश दवाडीको लय शब्दमा गित बजारमा आएको हो। दवाडीको रचनामा रहेको गायक खेम संचुरिको कामि दाईको छोरोले निकै दर्शकको माया पाएको गित हो।

गीतलाई एरेन्ज बिनोद बाजुरालिले गरेका हुन्। उक्त म्युजिक भिडियोलाई पनि निकै मिहेनत गरेर निर्माण गरिएको छ। भिडियोमा राजु महोत्रा ,मिरा महोत्रा ,रबि अधिकारि , सेस्कांत ढकाल ,कमला रेग्मी लगायतका कलाकारले अभिनय गरेका छन। भिडियोलाई छायांकन करन चैसारले गरेका छन भने सम्पादन बिकास ज्ञवाली र ईश्वर बाबुले गरेका हुन्। भिडियोको निर्देशन राजु महोत्राले गरेका हुन्। यो समाचार तयार पार्दा सम्म युटुबमा ६२ हजार भन्दा बढीले हेरेका छन। गीतको सफलताको शुभकामना