थारु भाषाको पत्रकारिता र आचारसंहिता विषयक राष्ट्रिय गोष्ठीमा ७ बुँदे दाङ घोषणा पत्र जारी

प्रकाशित मिति:

२२ चैत्र, कपिलबस्तु । प्रेस काउन्सिल नेपाल द्वारा आयोजित थारु भाषाको पत्रकारिता र आचारसंहिता विषयक राष्ट्रिय गोष्ठीमा ७ बुँदे दाङ घोषणा पत्र जारी गर्दैै सकिएको छ । सोमबार दाङ्गको घोराहीमा सम्पन्न राष्ट्रिय गोष्ठीमा वर्तमान संविधान तथा कानुनहरुले थारु लगायतका मातृभाषा संरक्षण र विकासका लागि प्रदान गरेका हकअधिकार र अवसरलाई अधिकतम सदुपयोग गर्दै थारु भाषा सञ्चार माध्यमबाट थारु भाषा, साहित्य, कला संस्कृतिको प्रवद्र्धनका लागि भूमिका खेल्न प्रतिवद्ध छौं, भनि घोषणा पत्रमा उल्लेख गरिएको छ । साथै यस्तो छ घोषणा पत्र

१) प्रेस काउन्सिल नेपालद्वारा जारी पत्रकार आचारसंहितालाई थारु भाषामा प्रकाशन गरेकोमा थारु पत्रकार संघ नेपाल तर्फबाट काउन्सिललाई धन्यवाद व्यक्त गर्दै यसको प्रभावकारी कार्यान्वयनको लागि थारु पत्रकारहरु प्रतिवद्ध छौं।
२) वर्तमान संविधान तथा कानुनहरुले थारु लगायतका मातृभाषा संरक्षण र विकासका लागि प्रदान गरेका हकअधिकार र अवसरलाई अधिकतम सदुपयोग गर्दै थारु भाषा सञ्चार माध्यमबाट थारु भाषा, साहित्य, कला संस्कृतिको प्रवर्द्धनका लागि भूमिका खेल्न प्रतिवद्ध छौं ।
३) थारु भाषा सञ्चार माध्यमहरु निरन्तर हुन नसकिरहेको अवस्थामा रहेका विभिन्न सञ्चार माध्यमहरु पुनः सुचारु गर्न र आगामी दिनमा सञ्चार माध्यम सहज रुपमा निरन्तर प्रकाशन प्रशारण हुने वातावरण बनाउन सरकारबाट आवश्यक पहल गर्नुपर्ने माग गर्दै हामी थारु पत्रकारहरु पनि यस पक्षमा सक्रिय योगदान दिने घोषणा गर्दछौं।
४) थारु सञ्चार माध्यममा लोककल्याणकारिणी विज्ञापन थारु भाषामा प्रकाशन र प्रसारणका लागि विज्ञापन बोर्डले थारु भाषामा विज्ञापन नमुना उपलब्ध गराउनुपर्ने ध्यानाकर्षण गराउँदै र थारु सञ्चार गृहमा थारु भाषामा प्रकाशन र प्रशारण गर्ने प्रतिवद्ध छौं ।
लेवाल ५) थारु सञ्चार गृहको स्तरवृद्धि तथा निरन्तरताका थारु सञ्चार माध्यलाई नेपाल प्रेस काउन्सिलद्वारा वर्गीकरणमा विशेष प्राथामिकतामा ध्यान दिनुपर्ने र राज्यबाट अनुदान, सहुलियत ऋण उपलब्ध गराएमा थारु संचार माध्यमलाई निरन्तरता दिने प्रतिवद्ध छौं ।
६) थारु, भाषा, साहित्यको संरक्षण र प्रवर्द्धनका लागि थारु भाषामा लेख, रचना, कविता लेख्ने, थारु भाषाका पत्रपत्रिका तथा पुस्तक, उपन्यास प्रकाशन र प्रसारण गर्ने छौं ।
७) दाङको सुन्दर नगरी घोराहीमा प्रेस काउन्सिल नेपालद्वारा आयोजित थारु भाषाको पत्रकारिता र आचारसंहिता विषयक राष्ट्रिय गोष्ठीमा थारु पत्रकार, घोराही उपमहनगरपालिकाका नगरप्रमुख नरुलाल चौधरी, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखेल, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी लगायत सहभागी सम्पूर्णमा धन्यवाद व्यक्त गर्दछौं ।

थप समाचार