क्यालेण्डर विमोचन तथा शुभकामना आदानप्रदान

प्रकाशित मिति:

भैरहवा, २४ चैत । मदिरा व्यवसायी संघ भैरहवाले स्वागत कार्यक्रम, २०७९ सालको क्यालेण्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम भैरहवामा सम्पन्न गरेको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीलाई स्वागत गरिएको कार्यक्रम संयोजक तथा संघका कोषाध्यक्ष यादव पोख्रेलले बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रहरी प्रमुख रेग्मीले कोरोना महामारीका कारण अर्थतन्त्र प्रभावित भएको बताए । उनले शान्ति सुरक्षाको महसुस गराउने पहिलो युनिट प्रहरी भएको बताए । मदिरा व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष गिरीराजमणि पौडेलले व्यवसायीले अनुशासित भएर व्यवसाय सञ्चालन गर्नुपर्ने बताए ।

मदिरा व्यवसायी संघ रुपन्देहीका अध्यक्ष केशवराज ज्ञवालीले संघले व्यवसायसँगै विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको बताए ।सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष थानेश्वर पौडेलले नयाँ वर्ष २०७९ को पूर्व संध्यामा आयोजना गर्न लागिएको सडक खाना महोत्सवको सफलताको शुभकामना व्यक्त गरे ।सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले कोभिड–१९ ले अर्थतन्त्र समस्यामा परेको बताए ।उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले मुलुकमै वस्तु उत्पादन गरेर निर्यातमा जोड्नुपर्ने बताए ।सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठले शान्ति सुरक्षाको अनुभुति भएको बताए ।

मदिरा व्यवसायी संघ रुपन्देहीका अध्यक्ष कृष्ण गौतमले नयाँ वर्षको शुभकामना व्यक्त गरे ।मदिरा व्यवसायी संघ भैरहवाका सल्लाहकार खिम बहादुर खत्रीले संघलाई अगाडी बढाउन विभिन्न संघ संस्थासँग समन्वय गर्दै अगाडी बढ्नुपर्ने बताए ।होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष पिताम्बर न्यौपानेले चैत ३० गते आयोजना गर्न लागिएको सडक खाना महोत्सव सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताए । मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष केशवराज ज्ञवालीको अध्यक्षता, कार्यक्रम संयोजक यादव पोख्रेलको स्वागत, वरिष्ठ उपाध्यक्ष बाबुराम पाण्डेको धन्यवाद ज्ञापन तथा उपाध्यक्ष भागिरथ पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।