(एमाले) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ को निर्वाचन प्रचार–प्रसार कार्यालयको उद्घाटन

प्रकाशित मिति:

भैरहवा, २४ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ को निर्वाचन प्रचार–प्रसार कार्यालयको उद्घाटन गरिएको छ । एक कार्यक्रमकाबीच एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत कुमार पोखरेलले कार्यालयको उद्घाटन गरेका हुन् ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेता पोखरेलले निर्वाचनको प्रचारप्रसारलाई व्यवस्थित गर्न कार्यालय खोलिएको बताए । उनले एमाले नेतृत्वको सरकारले धेरै राम्रो कामहरु गरेको बताए । एमाले नेतृत्वको सरकारले गरेका कामहरुको प्रचारप्रसार गर्नुपर्ने उनको भनाइ थियो ।

एमाले लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य विश्वराज बराल (अनुप)ले मुलुक र जनताको पक्षमा काम गर्ने पार्टी एमाले मात्रै भएको दावी गरे ।पार्टीका सिद्धार्थनगर कमिटीका अध्यक्ष चक्र बहादुर थापाले निर्वाचनमा जाँदा गठबन्धनका कुरा आए पनि गठबन्धनसँग डराउनुपर्ने कुनै कारण नरहेको बताए । एमाले सिद्धार्थनगर वडा नम्बर ६ का अध्यक्ष राम दयाल गुप्ताले आगामी निर्वाचनमा एमालेको जीत सुनिश्चित रहेको बताए ।

एमाले सिद्धार्थनगर–६ का अध्यक्ष राम दयाल गुप्ताको अध्यक्षता, उपसचिव आनन्द न्यौपानेको स्वागत तथा सचिव मदन प्रसाद पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य राजेन्द्र प्रसाद पन्थी, जिल्ला सचिवालय सदस्य तथा सिद्धार्थनगर इञ्चार्ज चोपलाल आचार्य, जिल्ला सचिवालय सदस्य जीवलाल अर्याल, जिल्ला सदस्य तथा सिद्धार्थनगर सह–इञ्चार्ज उमा अधिकारी, सिद्धार्थनगर कमिटी सदस्य तथा वडा इञ्चार्ज नसिबदार मुसलमान, नगर कमिटी सदस्य लता पोख्रेल, पूर्व वडा इञ्चार्ज रण बहादुर कुंवर, नगर कमिटी सदस्य झब्बालाल कहांर, सिद्धार्थनगर वडा नम्बर ५ का अध्यक्ष चेत बहादुर क्षेत्री, राष्ट्रिय युवा संघ सिद्धार्थनगर कमिटीका अध्यक्ष कृष्ण मल्ल ठकुरी, सचिव रोशन बहादुर थापा लगायतको आतिथ्यता रहेको बताए ।