अमलटारीमा आज चैत्र २५ गते देखि थारु पत्रकार संघको पाँचौ राष्ट्रिय महाधिवेशन हुँदै
२५ चैत्र, कपिलबस्तु । थारु पत्रकार संघ नेपालको केन्द्रीय पाँचै केन्द्रीय महाधिवेशन सुरु भएको छ । नवलपुरको अमलटारीमा “थारु पत्रकार संघ नेपालके आधार, पूर्ण समवेशी संचार” भन्ने मुल नारा सहित थारु पत्रकार संघको केन्द्रीय महाधिवेशन सुरु भएको थारु पत्रकार संघका केन्द्रीय सचिव कमल चौधरीले जनकारी दिनुभयो । उहाँले केन्द्रीय महाधिवेशनमा पूर्व मेची देखि पश्चिम महाकाली सम्मका १६ वटा जिल्ला शाखाहरुले महाधिवेशनमा उपस्थिति रहेको जानकारी दिनुभयो । उहाँले चैत्र २५ गते १ बजे देखि उद्घाटन सत्र हुने र २६ गते बन्द सत्र हुने जानकारी समेत दिनुभयो ।












