काठमाडौं, चैत २५ – नेपाल बार एसोसियसनको अध्यक्षमा गोपालप्रसाद घिमिरे निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न मतगणनाअनुसार घिमिरे ४४ सय ३३ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी विष्णुमणि अधिकारीले २४ सय ८२ मत ल्याएका छन्।
महासचिवमा भने अन्जिता खनाल विजयी भएकी छन्। उनले ३६ सय ८२ मत ल्याएकी छन्। उनका निकटतम प्रतिस्पर्धी केदारप्रसाद कोइरालाले २९ सय ८९ मत ल्याएका छन् । अन्य पदाधिकारीमा पनि घिमिरे प्यानल नै विजयी भएको छ। घिमिरे गठबन्धनका तर्फबाट चुनाव लडेका थिए भने अधिकारी प्रगतिशील समूहबाट उम्मेदवार थिए ।












