चैत–२६ । गुल्मेली सम्पर्क समाज रुपन्देहीले चैत २६ गते शनिबार शङ्करनगरमा अवस्थित वनवाटिकामा वनभोज कार्यक्रम सम्पन्न गरेको छ ।
वनभोज कार्यक्रममा पञ्चेबाजासहितको सराय नाच प्रदर्शन, २०७९ को क्यालेन्डर विमोचन र नयाँ वर्षको शुभकामना आदानप्रदान गरिएको थियो । समाजका अध्यक्ष डा.नारायणप्रसाद पन्थको अध्यक्षता, प्रदेश सभासद तथा पूर्व मन्त्री लिला गिरीको प्रमुख आतिथ्यता, तिलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरेको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा समाजका संस्थापक अध्यक्ष तथा संरक्षक ई. हिराबहादुर भलामी, श्रृङ्गेश्वर धामका अध्यक्ष ऋषि भण्डारी, ज्येष्ठ नागरिक मिलनकेन्द्रका अध्यक्ष यदुनाथ पाण्डे, सल्लाहकार टिकाराम घिमिरे, खिमानन्द भट्टराई, समाजको सिद्धार्थनगर शाखा भैरहवाका अध्यक्ष केशव ज्ञवालीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि लिला गिरीले बुझौँ हाम्रो रीति र थिति, जोगाआँै हाम्रो गौरवमय संस्कृतिको नारा लिएर स्थापना भएको गुल्मेली सम्पर्क समाजले स्थापनाको १७ औं वसन्त पार गर्दा निकै परिपक्व संस्थाका रूपमा स्थापित भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा गर्ने समाजका कार्य सफल र उदाहरणीय बनून् भन्ने शुभकामना व्यक्त गर्नुभयो भने औपचारिक कार्यक्रमको उत्तरार्धमा सरायनाचमा सहभागी भई गुल्मेली सम्पर्क समाजले संस्कृतिको संरक्षणमा उल्लेख्य कार्य गरेको प्रतिक्रिया दिनुभयो ।
विशिष्ट अतिथि वासुदेव घिमिरेले गुल्मेली सम्पर्क समाजको गुरुयोजना अनुसार निर्माण भएको तिलोत्तमा नगरको महत्वपूर्ण पर्यटकीय स्थान शृङ्गेश्वरधाम, उद्घाटनको तयारीमा रहेको ज्येष्ठ नागरिक मिलनकेन्द्र तथा गुल्मेली समाजको अगुवाइमा स्थापना भएको रेसुङ्गा अलौकिक बचत तथा ऋण सहकारी संस्था तिलोत्तमा नगरपालिकाको गहना भएको बताउँदै समाजको कार्यको मुक्तकण्ठले प्रशंसा गर्नुभयो।
गुल्मीबाट रुपन्देहीमा आई स्थायी र अस्थायी रूपमा बसोबास गरिरहेका गुल्मेली दाजुभाइ तथा दिदीबहिनीहरूबीच आपसी सम्बन्ध प्रगाढ बनाउँदै एक अर्काबीच परिचय आदानप्रदान गर्ने उद्देश्यले वनभोज कार्यक्रम आयोजना गरिएको करा समाजका प्रथम उपाध्यक्ष तथा वनभोज कार्यक्रम संंयोजक कृष्णप्रसाद भण्डारीले बताउनुभयो ।
समाजका अध्यक्ष डा. नारायणप्रसाद पन्थले कार्यक्रममा सहभागी सम्पूर्ण गुल्मेली दाजुभाइ तथा दिदीबहिनीहरू तथा कार्यक्रम सम्पन्न गर्न सहयोग पु¥याउनुहुने सम्पूर्ण पत्रकार र शुभेच्छुकहरूलाई हार्दिक धन्यवाद, आभार तथा कृतज्ञता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सराय नाचको संयोजन सल्लाहकार यज्ञश्वर मरासिनी तथा सहकोषाध्यक्ष अर्जुन कुँवरले गर्नुभएको थियो भने होराइजन जी. बी. एस स्कुल तथा होराइजन कलेज ड्राइभरटोलका भाइबहिनीहरूले नृत्य र कवि सरु ज्ञवालीलगायतले कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन महासचिव कृष्णप्रसाद पोखरेल तथा सहजीकरण सचिव पुरुषोत्तम पाण्डेयले गर्नुभएको थियो।












