बुटवल । सत्तारुढ गठबन्धनको लुम्बिनी प्रदेशले अन्य दलहरुसँग चुनावी तालमेल नगर्ने निर्णय गरेको छ । प्रदेशस्तरमा आज बसेको गठबन्धनको बैठकले लुम्बिनी प्रदेशभरी कुनै पनि स्थानीय तहमा अन्य दलसँग चुनावी तालमेल नगर्ने निर्णय गरेको हो । आज बसेको बैठकपछि जारी प्रेस विज्ञप्तीमा भनिएको छ,चुनावी गठबन्धनका सबै दलको प्रतिनिधित्व रहने गरी संयुक्त चुनाव प्रचार संयन्त्र गठन गर्ने ।’
आजको बैठकमा परिवर्तनका उपलब्धी र गणतन्त्रको रक्षाका खातिर गठबन्धन दलहरुमाथी अझै बढी जिम्मेवारी थपिएको महसुस गर्दै मिति २०७८ साल चैत्र २८ गते लुम्बिनी प्रदेश स्तरीय तपशील बमोजिमका चुनावी गठबन्धन दलहरुमा आवद्ध नेताहरुको उपस्थितिमा बैठकबाट आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न निम्न बमोजिम निर्णय गरियो । निर्णयहः १. पाँच दलिय गठबन्धन बाहेकका अन्य दलहरुसँग कुनै प्रकारको चुनावी तालमेल वा गठबन्धन गर्न नपाइने । २. चुनावी गठबन्धनका सबै दलको प्रतिनिधित्व रहने गरी संयुक्त चुनाव प्रचार संयन्त्र गठन गर्ने ।
३. जिल्ला स्तरीय गठबन्धन संयन्त्रको बैठकबाट सहमति कायम गरी सोको रिपोर्ट प्रदेशमा पठाउनका आग्रह गर्ने । ४. गठबन्धन दलको ‘संयुक्त स्थलगत अनुगमन कार्यदल’ तपशील बमोजिम गठन गरियो । क. नेपाली कांग्रेस– राजु खनाल ख. नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) – लुमकान्त न्यौपाने, ग. नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)– अशोक कोइलारा, घ. जनता समाजवादी पार्टी – अशोकुमार यादव, ङ. राष्ट्रिय जनमोर्चा बोमबहादुर खत्री बैठकमा काँग्रेसका प्रदेश सभापति अमरसिंह पुनमगर, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष सुदर्शन बराल, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सचिव राजु गुरुङ, जनता समाजवादी पार्टी अध्यक्ष अशोकुमार यादव र राष्ट्रिय जनमोर्चा नेपाल उपाध्यक्ष बद्री आलम सहभागि थिए ।












