अष्ट्रेलियाको ब्रिशवेनमा जनसम्पर्क समिति अष्ट्रेलिया ब्रिशवेन राज्य समितिको भेटघाट तथा अन्तरक्रिया
नेपाली कांग्रेस माताहतको आधिकारीक निकाय जनसम्पर्क समिति अष्ट्रेलियाका यूवाहरुले कार्यक्रममा नेपालमा हुन गईरहेको स्थानिय निर्बाचनलाई लक्षित गर्दै नेपाली कांग्रसलाई जिताउन प्रवासबाट प्रचार प्रसारमा लाग्न सबैलाई आब्हान गरेका थिए । सामाजिक संजाल एवं संचारको प्रयोग गर्दै प्रवासबाट आफ्नो गाँउघरमा सम्पर्क गरी कांग्रेसमा भोटहाल्न संस्थले सबै राज्य समितिमार्फत कार्यक्रम शुरु गरेको जानकारी गारईएको थियो ।
आयोजित कार्यक्रममा क्वीन्सलेण्डबाट केन्द्र र राज्य समितिमा निर्बाचित सदस्यहरुलाई प्रमुख अतिथि जनसम्पर्क समिति अष्ट्रेलियाका प्रमुख संरक्षक एवं निबर्तमान अध्यक्ष कृष्ण गिरी, बिशिष्ठ अतिथि बर्तमान अध्यक्ष सुरेश गुरुङले प्रमाण पत्र र खांदा लगाएर सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै गुरुङले पार्टि र संगठनमा लागेका हामी सबै लामो यात्राका सारथी हुनु पर्दछ, आत्तिने र मात्तिने कार्यले संगठनको हित हुन सक्दैन, सिक्दै सिकाउदै अबका दिनमा राम्रा कार्य गर्ने उनले बताएका थिए ।
क्वीन्सलेण्ड राज्य समितिका संयोजक समिर खतिवडाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा केन्द्रिय सदस्यद्धय मन्दिप केसी मेन्डी र तारा डाँगीले शुभकामना मन्तब्य सहिता आफ्ना बिचार राखेका थिए । खतिवडाले आफनो पहिलो कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई आभार प्रकट गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि गिरीले ब्रिशवेनका साथीहरुले संगठनका लागि गरेको कार्यको प्रंशसा गर्दै नब निर्बाचित साथीहरुलाई काम गर्ने अवसर र चुनैति प्राप्त भएको छ, यसको सहि सदुपयोग गरी पार्टि र संस्थामा कार्य गर्न अनुरोध गरेका थिए । गिरीले नेपालमा हुन गईरहेको तिनै तहको निर्बाचनमा नेपाली कांग्रेसका उमेद्वारहरुलाई जिताउने अभियानमा जुटन आब्हान गरेका थिए ।कार्यक्रममा समितिका केन्द्रिय महामन्त्रि रोहित खडकाले बिचारको द्धन्दलाई सम्मान गर्दै सबैले आफनो जिम्मेवारी निभाउनु पर्नेमा जोडदिएका थिए ।
समितिका साउथ अष्ट्रेलिया संयोजक दीलिप पोखरेलले पार्टिको नीति नियम र निर्देशनलाई पालना गर्दै सबै भ्रमलाई चिर्दै अबको दिनमा समितिले कार्य गर्ने बिश्वास दिलाएका थिए । उनले एडिलेडमा हुने संगठनको कार्यक्रममा सबैलाई सहभागिता हुन अनुरोध समेत गरेका थिए। नबनिर्बाचित ब्रिशवेन राज्य समिति सचिब सुनिल बस्नेतले संचालन गरेको कार्यक्रममा राज्य समितिका सल्लाहकार इन्द्र न्यौपाने, पुर्व का।कोशाध्यक्ष उद्धब भट्ट लगायत पार्टिमा लामो समय देखि कार्य गर्दै आएका यूवाहरुको उपस्थिति रहेको थियो । १० अप्रिल २०२२ आईतबार साँझ गरीएको सो कार्यक्रममा रात्रिभोजको समेत व्यवस्था गरीएको थियो ।












