एम्सले मनायो नयाँ वर्ष

प्रकाशित मिति:

बैशाख ३०, बुटवल । राजमार्ग चौराहा अवस्थित एम्स कलेजले नव वर्ष २०७९को पूर्व सन्ध्यामा विद्यार्थि, कर्मचारी, सञ्चालक, प्राध्यापक र विद्यार्थिहरु बीच शुभ—कामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । युवा विद्यार्थिहरुको विशेष सिर्जनात्मक प्रस्तुतिका साथ सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रवन्धक निर्देशक गोपाल प्रसाद न्यौपाने र क्याम्पस प्रमुख दीपक ढकालले वर्ष २०७८ को आयामहरुको चर्चा गर्दै नयाँ वर्षको रणनितिहरु अवगत गराउदै शुभ—कामना प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा कलेजका पूर्व विद्यार्थिहरु एन.एम.वि. बैंकका शाखा प्रवन्धक नविन अर्याल, सानिमा बैंकका शाखा प्रवन्धक रेशम खरेल र नविल बैंकका शाखा प्रवन्धक गंगाराम न्यौपानेलाई पनि सम्मान गरिएको थियो ।क्याम्पस प्रमुख दीपक ढकालको अध्यक्षता र प्राध्यापक यज्ञ न्यौपानेको सञ्चालनमा भएको कार्यक्रममा कलेजका विद्यार्थि, प्राध्यापक, कर्मचारी एवं पूर्व विद्यार्थिहरुले नव वर्षको शुभ—कामना मन्तब्य राख्नु भएको थियो ।