नेविसंघ रुपन्देहीका पुर्व अध्यक्षहरुको वैठक सम्पन्न ।

प्रकाशित मिति:

बुटवल । रुपन्देही जिल्लामा विभिन्न समयमा नेपाल विद्यार्थी संघको अध्यक्ष सम्हालेका पुर्व अध्यक्षहरुको बैठक बिहिबार बुटवलमा सम्पन्न भएको छ । संस्थापक अध्यक्ष हेमराज अर्यालको अध्यक्षतामा भएको बैठकले वैठक संचालनका लागि कार्यविधि निमार्ण गर्ने निर्णय गरेको छ । त्यसैगरि कार्यविधि मस्यौंदा निमार्ण गर्न मोहन शर्माको संयोजकत्वमा हरि न्यौपाने र विष्णु पोख्रेल सदस्य रहेको समिति गठन गरिएको छ । वैठकले आसन्न स्थानिय तहको निर्वाचनमा गठवन्धनको विषयमा गंभिर ध्यानाकर्षण गरेको छ ।

पार्टिले स्थानिय आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णय गरेपनि पछिल्लो समयमा गठबन्धन दलहरुको दावी अस्वभाविक देखिएकोले दलिय हैसियतका आधारमा पद वांडफांड गर्न माग गरेको छ । साथै नेपाली कांग्रेस सहितको गठबन्धनमा आवद्ध उमेदवारहरुलाई विजयी बनाउन विशेष भुमिका खेल्ने निर्णय गरेको छ । बैठकका प्रमुख अतिथि नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापती अमर पुनले पुर्व अध्यक्षहरुको सक्रियाता आवश्यक रहेको भन्दै कांग्रेसको पक्षमा माहोल निमार्ण गर्न सक्रियता पुर्वक लाग्न आग्रह गर्नु भयो । उहांले आसन्न निर्वाचनमा पार्टि संगठनमा विगतदेखि लागेका साथीहरुको निकै ठुलो योगदान रहने भन्दै आ आफ्नो ठांउमा सक्रियता पुर्वक परिचालित हुन आग्रह समेत गर्नु भयो ।

वैठकमा नेविसघ रुपन्देहीका पुर्व अध्यक्षहरु हरिध्वज मल्ल ,मोहनराज शर्मा, फडिन्द्र शर्मा, हरि न्यौपाने, शैलेश कुमार पन्त, शुशिल गुरुङ, प्रकाश राना, जमुना ढकाल, विष्णु पोख्रेल, मिलन थापा लगायतको सहभागिता रहेको थियो । वैठकले नयां वर्ष २०७९ को अवसरमा देश विदेशमा बस्ने सम्पुर्ण दाजुभाई तथा दिदि वहिनीहरुलाई हार्दिक शुभाकामना व्यक्त गरेको छ । साथै नेविसंघ रुपन्देहीका पुर्व अध्यक्षहरु वालकृष्ण खांण गृहमन्त्री, प्रकाश राना प्रदेश कोषाध्यक्ष, विष्णु पोख्रेल प्रदेश सदस्य,मोहनराज शर्मा प्रदेश मुख्य सचिव , शुशिल गुरुङ पार्टिको क्षेत्रिय सभापती, मिलन थापा पार्टिको क्षेत्रिय सहसचिव हुनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्ने निर्णय गरेको छ