
बुद्धभुमि नगरपालिकामा वडा नम्बर ८ का वडा अध्यक्ष कपिलदेव तिवारीले यस्तो कार्यक्रमले बालबालिकाको शिक्षा क्षेत्रको विकास हुने बताउदै संस्थाले अत्यन्तै उत्कृष्ट कार्य गर्दै आएको बताउँनुभयो । उहाँले कुनै पनि बालबालिका शिक्षा बाट बञ्चित हुन नहुने बताउँदै प्रत्येक उद्योगीले बाल विकास संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।

संस्थाले बालबालिकालाई शैक्षिक सामाग्रीमा कापी, पेन्सील, इलेजर, कटर, बिद्यालय पोशाक, झोला लगायतको शैक्षिक सामाग्री सहयोग गरेको थियो । लक्की ईट्टा उद्योगका व्यवस्थापक पुनाराम भुषालको अध्यक्षता , बुद्धभुभी नगरपालिका वडा ८ वडा अध्यक्ष कपिलदेव तिवारीको प्रमुख अतिथ्यता तथा संस्थाका कमल चौधरीको सञ्चालनमा भएको कार्यक्रममा संस्थाका प्रतिनिधि दिवास घिमिरे, खिम बहादुर पोख्रेल लगायत ईट्टा उद्योगमामा काम गर्ने मजदुरहरुको उपस्थिति रहेको थियो ।
यस्तै अभिभावकहरुले परियोजनाले अत्यन्तै राम्रो कार्य रहेको बताउदै आफुले पढ्न नपाएर मजदुरीमा रहेको भए पनि नानिबाबुहरुलाई नियमित बिद्यालय पठाएर सम्मानित पदमा पुगेको देख्ने चाहना रहेको बताएका बताउनु भएको थियो । यता कोरोना माहामारिको बेला समेत परियोजनाले आर्थिक रुपमा सहयोग गरेको थियो ।












