धुर्कोटमा लोकप्रिय नेता महेन्द्र भण्डारी गाउँपालिका प्रमुखमा सर्वसम्मत

प्रकाशित मिति:

बुटवल / नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय उपाध्यक्ष एबम महाधिवेशन प्रतिनिधि महेन्द्र प्रसाद भण्डारी नेपाली कांग्रेसको तर्फबाट सर्वसम्मत उम्मेदवारको रुपमा चयन भएका छन ।आज बसेको गाउँपालिकाको बैठकले भण्डारीलाई सर्वसम्मत चयन गरेको पालिका सभापति हरि बहादुर थापाले जानकारी दिए ।

पालिका सभापति संगको संक्षिप्त कुराकानिमा थापाले ( ञ महेन्द्र भण्डारी कांग्रेसका निमित्त आफ्ना ब्यक्तिगत अवसर गुमाउनुका साथै धुर्कोटको समग्र बिकासमा उनले दिएको चासो र चिन्ताका कारण हामी सबै पदाधिकारीले सर्वसम्मत निर्णय गर्यौँ । झभण्डारी कांग्रेसमा मात्र नभई अन्य दलसंग पनि लोकप्रिय नेताका रुपमा पहिचान बनाएका नेता हुन । निरन्तर राजनीतिमा सकृय भण्डारी स्थानिय र राष्ट्रिय स्तरमा राम्रो माओल बनाएका नेता हुन ।