पोखराको मेयर नपाएपछि कार्यकर्ताद्वारा कांग्रेस कार्यालयमा ताला

प्रकाशित मिति:

कास्की । नेपाली कांग्रेस पोखरा महानगर कार्यसमितिले जिल्ला कार्यालयमा ताला लगाएको छ । पोखरा महानगरको मेयर कांग्रेसले नपाएको भन्दै कार्यकर्ताले पार्टी कार्यालयमा ताला लगाएको हो ।कांग्रेस पोखरा महानगरका सचिव गणेशबहादुर थापाले कांग्रेस कार्यकर्तालाई अपमान हुने गरी एकीकृत समाजवादीलाई मेयर दिने निर्णय गरेकाले ताता लगाएको बताए ।

सत्ता गठबन्धनको मंगलबार बसेको शीर्ष बैठकले पोखरा महानगरको मेयर एकीकृत समाजवादीलाई दिने निर्णय गरेको थियो ।सोमबार पोखरा एकीकृत समाजवादीको भागमा परेको खबर बाहिरिएसँगै नेपाली कांग्रेस कास्की जिल्ला र नगर समितिका सचिवले एकीकृत समाजवादीसँग सम्बन्ध टुटेको, हैसियतभन्दा ठूलो भाग खोजेको भन्दै मित्रवत प्रतिस्पर्धा गर्ने बताएको थियो मंगलबार सभापति शेरबहादुर देउवाले कास्कीका कांग्रेस नेताहरू काठमाडौं बोलाएर गठबन्धनका समस्या बुझिदिन र विवाद ननिकाली गठबन्धनलाई जिताउन निर्देशन दिएका थिए ।जिल्ला कार्यालयमा तालाबन्दीपश्चात बुधबार दिउँसो पोखराका वडा सभापतिहरूको भेला डाकिएको सचिव थापाले बताए ।-News24nepal